Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रवासी नेपाली एकता मञ्च फिनल्याण्डको अध्यक्षमा पौडेल र सचिवमा भुषाल, यस्तो छ कार्यसमिति

संसार न्यूज़
७ महिना पहिले
प्रवासी नेपाली एकता मञ्च फिनल्याण्डको अध्यक्षमा पौडेल र सचिवमा भुषाल, यस्तो छ कार्यसमिति

१ फागुन, फिनल्याण्ड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले फिनल्याण्डस्थित प्रवासी नेपाली एकता मञ्चको टुंगो लगाएको छ ।

नेकपा प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले फिनल्याण्डमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च फिनल्याण्ड गठन गर्ने निर्णय गरेको हो ।

जसको अध्यक्षमा कोमल पौडेल र सचिवमा मनोज भुषाल रहेका छन् भने सदस्यहरुमा देवीदत्त शर्मा, रुक्मिणी भट्टराई, नवीन भट्टराई, अनिल ढकाल, हिमाल घिमिरे, देवेन्द्र घिमिरे, गोविन्द अर्याल, रोशन भट्टराई, जेनिश पौडेल, सुरोज गुरुंग, सुमन खड्का, किरण अर्याल र सागर खरेल रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबास समन्वय कमिटीको बैठक कमिटीका अध्यक्ष युवराज चौंलागाईंको अध्यक्षता र पार्टी महासचिव विष्णु पौडेलको बिशेष उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ ।

यसअघि प्रवास समन्वय कमिटीका सह-ईन्चार्ज लक्ष्मण पन्तलाइ (दक्षिण पूर्वी तथा पूर्वी एशिया), अध्यक्ष युवराज चौलागाइलाई ( ओसिनिया) सचिव श्रीप्रसाद साह (पश्चिम एशिया) र सदस्य तिलबहादुर वि.क लाइ (दक्षिण एशिया) को जिम्मेवारी तोकेको थियो । युरोप र अमेरीका भने समन्वय कमिटीका इन्चार्जलाइ जिम्मा दिइने बताइएको छ ।

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो ६ दिन पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा १ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड १ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…