Sansar News- Nepal's Fast Khabar Online News Portal

चीनमा रहेका नेपालीलाई ल्याउँदा १२ घण्टा विमानस्थल अवरुद्ध हुने

संसार न्यूज़
६ महिना पहिले
चीनमा रहेका नेपालीलाई ल्याउँदा १२ घण्टा विमानस्थल अवरुद्ध हुने

२ फागुन, काठमाडौं । सरकारले चीनको हुबेई प्रान्तमा रहेका एक सय ८० नेपालीलाई शनिबार स्वदेश ल्याउँदैछ । यसबारे मन्त्रिपरिषद् बैठकले मङ्गलबार निर्णय गरेको थियो भने सरकारले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । हुबेई प्रान्तको वुहान शहर र आसपासका क्षेत्रमा बस्दै आएका एक सय ८० जना नेपालीले घर फर्किन चीनमा रहेको नेपाली दूतावासमा अनलाइन आवेदन भरेका छन् ।

सरकारले चीनको हुबेई प्रान्तका वुहानसहित विभिन्न ठाउँमा रहेका एक सय ८० जना नेपालीलाई लिन शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । जहाजमा एक चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ ।

त्यस्तै तीन जना पाइलट, सात जना क्याबिन क्रु, दुई जना इन्जिनियर, एक जना फ्लाइट डिस्प्याचर र एक जना लोडमास्टर गरी चालक दलका जम्मा १४ सदस्य पनि चीन जाने छन् । उनीहरुसहित चीनबाट ल्याइएका नेपालीको उपचारमा संलग्न हुने ८६ जना स्वास्थ्यकर्मी र चीन जाने जहाजको चालक दलका सदस्यहरुलाई स्वास्थ्य मन्त्रालयले तालिम दिइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार अवतरणका बेला ‘एयरक्राफ्ट डिस्इन्फेक्सन’ गरिने छ । त्यसका लागि विमानस्थल झण्डै १२ घण्टा अवरुद्ध हुनेछ । यस्तै एक सय ८० जना नेपालीलाई चीनबाट ल्याउने विमानलाई कम्तीमा ४८ घण्टा विश्राम दिइने छ । रोगका जीवाणु हुन सक्ने भएकाले तिनलाई निस्तेज पार्न त्यो विमान कम्तीमा पनि ४८ घण्टा व्यवसायिक उडानमा जाने छैन ।

त्यस्तै निगमले चीन जाने चालक दलसहितको टोलीलाई एक हप्तासम्म बिदा दिने छ । त्यो एक हप्ता उनीहरु चिकित्सकको निगरानीमा घरमै रहने छन् ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प २ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…