Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएन कान्साईको बिबिध बिषयमा केन्द्रित रही ओसाकामा निशुल्क परामर्श कार्यक्रम सम्पन्न

संसार न्यूज़
२ महिना पहिले
एनआरएन कान्साईको बिबिध बिषयमा केन्द्रित रही ओसाकामा निशुल्क परामर्श कार्यक्रम सम्पन्न

२ फागुन, जापान । एनआरएनए जापान क्षेत्रिय समिती कान्साईले ओसाकाको बेन्तेन्चोमा फेब्रअरी १२ तारिक निःशुल्क कानुनी परामर्श सेमिनार भव्यताका साथ सम्पन्न गरेको छ ।

कोषाध्यक्ष विष्णु सापकोटा कार्यक्रम संयोजक रहेको उक्त सेमिनारबाट प्रत्यक्ष उपस्थित भई ५० जना भन्दा बढीले लाभ लिएका थिए ।

आफूले जानेबुझेको कुरा आफ्ना नजिकका साथिभाईलाई जानकारी गराउने हुँदा अप्रत्यक्षरूपमा धेरैले लाभ लिन सक्ने भन्दै संस्था निवर्तमान सहसचिव नर बहादुर थापाले यस्ता कार्यक्रमहरूको निरन्तरताको कामनासहित खुशि व्यक्त गरेका थिए ।

संस्थाका सहसचिव भूमप्रसाद गैरेले संञ्चालन गरेको कार्यक्रममा संस्थाका संयोजक कृष्ण गैरेले कार्यक्रमको उद्धेश्य बारे प्रष्ट पार्दै आगामी दिनमा यस्ता जानकारीमुलक कार्यक्रमहरू गर्दै जाने उपस्थित सबैमा जानकारी गराएका थिए ।
एनआरएनए जापानका सल्लाहकार तथा एनआरएनए कान्साईका संरक्षक आत्माराम गैरेले शुभकामना मन्तव्यको क्रममा क्षेत्रिय समिति कान्साईले आयोजना गरेको यस कार्यक्रमको प्रशंसा गर्दै धेरैलाई फाईदा पुग्ने भन्दै कार्यसमितिलाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।

जापानी भाषामा कानुनी परामर्शदाता अधिकारी हिरोनोबु यामामोतोले विविध विषयमा जानकारी दिएको सेमिनारमा संस्थाका सल्लाहकार रमेश बाबु घिमिरेले नेपाली भाषामा अनुवाद गरेको चार पृष्ठजति लामो नेपाली भाषामा अनुवाद गरिएको विविध विषयमा जानकारीमुलक कागजात उपस्थित सम्पूर्णलाई वितरण गर्नेक्रममा सहकोषाध्यक्ष चुडामणी कंडेलले यसबाट धेरैले लाभ लिन सक्ने कुरा बताएका थिए ।

प्रश्नोत्तरको क्रममा सदस्य डेनिस पुनले प्रतिनिधि प्रश्न गर्दै धेरैका जिज्ञासाहरूलाई समेट्नु भएको थियो भने उपस्थित व्यक्तिहरू पनि आफ्ना प्रश्नहरूको जवाफ पाउँदा सन्तुष्ट भएको कुरा सहजै अनुमान गर्न सकिन्थ्यो ।


कार्यक्रमको दोश्रो चरणमा एनआरएनए जापान तथा कान्साईका सल्लाहकार नरेन्द्र कुमार बस्नेत (दिनेश) ले ‘जापानमा विद्यार्थीका अवसर र चुनौती’ विषयक शिर्षकमा तयार गरेको रिपोर्टले आफूहरूलाई धेरै कुरा जान्ने, बुझ्ने तथा आगामी दिनका लागि प्रेरणा मिलेको भन्दै उपस्थित विद्यार्थीहरूले खुशी व्यक्त गरेका थिए ।

जापानमा नेपालीहरुको आगमनको शुरुवाती, नेपालीहरुको जनसंख्या परिवेश र बिषेशत : नेपाली बिद्यार्थीको अवस्था यहाँ प्राप्त हुने अवसरहरु र ति अवसर प्राप्तिका चुनौतीहरु जापान आउन चाहने र आएका बिद्यार्थीहरुको लागि अत्यन्तै उपयोगी भएको उपस्थितहरुले अनुभूत गरेका थिए ।

परामर्श दाता तथा कानुनी अधिकारी हिरोनोबु यामामोतो, नेपाली भाषा अनुवादक रमेश बाबु घिमिरे तथा मध्यस्थकर्ता दिलीप सुवेदीलाई सम्मान पत्र, नेपाली ढाका टोपी र भिजीट नेपालको खादाले सम्मान गरिएको सेमिनारमा संस्थाका उपसंयोजक दिलीप शर्माले यस्ता कार्यक्रममा धेरै भन्दा धेरै व्यक्तिहरूको सहभागिता गर्न गराउन सबैले पहल गर्नुपर्नेमा जोड दिदै अगामी दिनमा सबै तह र तप्कालाई समेट्दै एनआरएनएको गरिमामालाई उच्च राख्ने दायित्व सबैको भएको बताए ।

अन्त्यमा सबैलाई धन्यवाद ज्ञापान गर्दै संस्थाका संयोजक कृष्ण गैरेले कार्यक्रमको समापन गरेका थिए ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…