back

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को मृत्यु

वि.सं.२०७६ फागुन २ शुक्रवार

168 

shares
NTC AD
Global IME AD

२ फागुन, नाइजेरिया ।  नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो ज्वरोबाट ज्यान जानेको सङ्ख्या थप बढ्न सक्ने जनाएको छ । यहाँ उक्त ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ ।

यस ज्वरोबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको सङ्ख्या ४७२ जना रहेको छ । यसबाट यहाँको जनघनत्व बढी भएको यस अफ्रिकन देश नाइजेरियामा धेरै नागरिक प्रभावित भएको पाइएको समाचारमा जनाइएको छ ।

यस ज्वरोबाट देशका ३६ मध्येका कम्तीमा पनि २३ वटा प्रान्तका नागरिक प्रभावित भएको पाइएको अधिकारीलेहरुले जानकारी दिएका छन् । देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरु यस ज्वरोबाट बढी प्रभावित भएका जनाइएको छ ।

वि.सं.२०७६ फागुन २ शुक्रवार १३:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

जगदलपुर, भारत ।  सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना...

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

जेरुसेलम ।   इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव...

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

दोहा । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको...

जापानी मुद्रा गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने जापानको भनाई

जापानी मुद्रा गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने जापानको भनाई

जापान । जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई...

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलविरुद्ध इरानले गरेको आक्रमणको...

डढेलो नियन्त्रणमा लिन सयौँ सर्वसाधारण परिचालित

डढेलो नियन्त्रणमा लिन सयौँ सर्वसाधारण परिचालित

कुन्मिङ, चीन । चीनको युनान प्रान्तको जङ्गलमा शुक्रबारदेखि लागेको डढेलोलाई...