Sansar News- Nepal's Fast Khabar Online News Portal

गुल्मी जिल्ला समाज र नौमतीबाजा युकेद्धारा आसा अंपाग केन्द्रलाई आर्थिक सहयोग

संसार न्यूज़
६ महिना पहिले
गुल्मी जिल्ला समाज र नौमतीबाजा युकेद्धारा आसा अंपाग केन्द्रलाई आर्थिक सहयोग

२ फागुन, गुल्मी । गुल्मी जिल्ला समाज युके र प्रथम नौमती बाजा गुल्मी युके समुहद्वारा नेपालका अशक्त, असहाय अंपागता भएकाहरुको सहयोगार्थ संकलित रकम आसा अंपाग केन्द्र गुल्मीलाई हस्तान्तरण गरिएको छ ।

एक दशकदेखी हरेक बर्षमा बिश्व अंपाग दिवस पारी समाजले आयोजना गर्ने च्यारिटी कार्यक्रम अन्तर्गत यसबर्ष पनि गत डिसेम्बर २ गते आयोजना गरिएको सोहि कार्यक्रमबाट संकलित २ लाख रुपैयाँ र प्रथम नौमती बाजा गुल्मी युके समुहको तर्फबाट रू ५० हजार गरी जम्मा रू २ लाख ५० हजार विहिबार तम्घासस्थित केन्द्रको कार्यालयमा हस्तान्तरण गरिएको हो ।

गुल्मी जिल्ला समाजका संस्थापक अध्यक्ष, सल्लाहकार तथा प्रथम नौमती बाजा गुल्मी युके समुहका प्रमुख संयोजक ओम थापा काउचा र सस्थाका कोषाध्यक्ष बरूण भण्डारी र सल्लाहकार खड़का रेशमीको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।

समाजले यसबर्ष संकलन गरेको उक्त रकमअन्य दुई ठाउँमा पनी सहयोगगरिने छ । थापाका अनुसार रू १ लाख गुल्मी सत्यवती गाउँपालिका लिम्गाहा दृष्टिबिहिन बिद्यालय र रू २ दुई लाख सत्यवती गाउँपालिकाका बाढी पीडितहरूला ३ वटा घर निर्माणमा नपुग रकÞममा सहयोग गरिने भएको हो ।

२००७ मा संस्थापक अध्यक्ष ओम थापा काउचाको नेतृत्वमा स्थापना भएको गुल्मी जिल्ला समाज युकेले आफ्नो जन्म ठाउँ गुल्मी जिल्लाका लागि ४ वटा एम्बुलेन्स, स्वास्थ्य, शिक्षा तथा जिल्लामा आपत बिपतमा परेकाहरुका लागि झण्डै तीन करोड़ भन्दा बढीको सहयोग गरिसकेको छ ।

केन्द्रका अध्यक्ष तथा पत्रकार जर्नादन घिमेरेको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन केन्द्रका कोषाध्यक्ष तारा भुसालले गरेका थिए ।

कार्यक्रममा आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष तथा प्रमुख व्यवस्थापक गंगा रायमाझीले केन्द्रको गतिबिधी तथा केन्द्रबाट पाईने सेवा सुबिधाका बारेमा आफ्ना कुरा राख्दै नेपालको बिकट ठाउँका असक्त असहायहरूको स्थिती जटिल बनेको बताइन् ।

रायमाझीले केन्द्रका लागि गुल्मी जिल्ला समाज युके र प्रथम नौमती बाजा गुल्मी युके समुहले एक दशकदेखी निरन्तर पुराएको सहयोगको बारेमा बताउँदै अन्य दाताहरू र स्थानिय सरकारले गरेको सहयोगको बिषयमा बताउँदै पावर प्वाइन्टमार्फत् बर्षभरीका आर्थिक प्रतिवेदन प्रस्तुत गरिकी थिईन् । उनले वडाअध्यक्ष लगायतलाई कार्यक्रममा निम्ता गरिएपनि उपस्थित नभएको भन्दै दुःख व्यक्त गरेकी थिइन् ।

आशा अपाङ्ग केन्द्रले गुल्मी मात्र नभई छिमेकी जिल्लाहरू अर्घाखाची ,बाग्लुड, स्याड्जा, पाल्पा, रूपन्देही र नवलपरासी सम्मकाले सेवा प्राप्त गरेको बताउँदै बिशेषत गुल्मी जिल्लाको २ नगरपालिका र १० गाउँपालिकामा राम्रो काम गर्दै आइरहेको पाइन्छ ।

कार्यक्रमकी प्रमुखअतिथी तथा रेसुङ्गा नगरपालिकाकी उपमेयर सीता भण्डारीले विदेशमा बस्ने प्रवासीहरुले गरेको सहयोग अतुलनिय रहेको भन्दै गुल्मी जिल्ला समाज युकेलाइे धन्यवाद दिँदै केन्द्रले गरेका राम्रा काममा स्थानीय सरकारले पनि सहयोग गर्न जरुरी रहेको बताइन् ।

पछिल्लो समयमा समाज रुपान्तरणका लागि लड्ने अभियान्ताहरुको ध्यान पुग्न नसकेको अतिथि नेपाली कांग्रेस गुल्मी जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।

गुल्मी जिल्ला समाजका सस्थापक अध्यक्ष तथा प्रथम नौमती बाजा गुल्मी युके समुहका प्रमुख संयोजक ओम थापा काउचाले समाजका वर्तमान अध्यक्ष टोप पल्लीका साथै महासचिव बिर बलाल लगायत बर्तमान कार्यसमितिका साथीहरू र समाजका मनका धनी परोपकारी सदस्यहरू प्रति आभार प्रकट गरेका थिए । ‘संकलित आर्थिक सहयोग बुझाउने जिम्मेवारी दिनुभएकोमा र यस केन्द्रका अध्यक्ष तथा संचालिका प्रमुख प्रवन्धक गंगा रायमाझी र सबै कर्मचारी टिम साथै उपस्थित प्रमुख अतिथी लगायत गुल्मी जिल्लाका विभिन्न निकायका प्रमुखहरू लगायत सबैको न्यानो स्वागतको निम्ती आभार प्रकट गर्दछु ।’ कार्यक्रममा थापाले भने ।

थापाले आसा अपाङ्ग केन्द्रलाई सरकारले नै सञ्चालन गर्ने ब्यवस्था गरोस् भन्दै अपाङगता भएकाहरुको सुविधाका लागि यस्तै केन्द्रहरु धेरै स्थापना हुनुपर्ने बताए ।

सोहि अवसरमा कार्यक्रमका अध्यक्ष जनार्दन घिमिरेले सरकारले अपाङ्गता भएकाहरुलाई केन्द्रित गरेर आबश्यक पर्ने र गर्ने खालका कार्यक्रम ल्याउन सकेमा उनिहरुले पनि केही गरेर देखाउन सक्ने बताए । उनले २०११ सालदेखि हालसम्म आशा अपाङ्ग केन्द्रले ४५ लाख बराबर रकम सहयोग गरेको जानकारी दिए ।

उक्त कार्यक्रममा पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल तथा अन्य पत्रकारहरू, राजनीति दलका अध्यक्ष तथा प्रतिनिधीहरू र जिल्लाका बिभिन्न कार्यलय प्रमुखहरूका साथै गुल्मी ब्रिटिस पेन्सन अफिस GWT का प्रमुख गम बहादुर थापाको पनि आतिथ्यता रहेको थियो ।

त्यस्तै इण्डियन आर्मी पेन्सन क्याम्पका म्क्द्य सेक्रेटरी रिटायर्ड क्याप्टेन तुलाराम गुरूङ, रिटायर सुबेदार मेजर (अनेरी क्याप्टेन खिम बहादुर थापा काउचा, दल बहादुर काउचा समजसेवी महिला संजालकी अध्यक्ष बिष्णु सापकोटा, नेपाल आर्मी गुल्मी धादिठुम गुल्मका क्याप्टेन उमेस खड़कालगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अन्त्यमा केन्द्रमा रहेका अशक्त असहायहरूको त्यसदिनको खाजा पानीका लागि GWT का प्रमुख गम बहादुर थापाले रू ५ हजार र ओम थापा काउचाले २ हजार गरी सात हजार रकम सहयोग गरेका थिए ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प २ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…