Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो छ तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् कुन राशिकाले बढी ध्यान दिनुपर्ला आज ?

संसार न्यूज़
५ महिना पहिले
यस्तो छ तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् कुन राशिकाले बढी ध्यान दिनुपर्ला आज ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मेहनतले राम्रै प्रतिफल दिलाउनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । बौद्धिक व्यक्तिहरूसँग अनावश्यक प्रतिस्पर्धा हुन सक्छ । मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो

महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ । समयमा सहयोग नजुट्नाले अवसर फुत्किन सक्छ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । काम लिन समय प्रतीक्षा गर्नुपर्ला ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ । मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यापारमा पनि मनग्य धनलाभ हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अधैर्य व्यवहारले समस्या निम्त्याउला । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् । अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । मेहनत गर्दा रोकिएको काम बनाउन सकिनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेकै कमजोरी दोहोरिन सक्छ । सुन्दर पहिरनद्वारा व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ्न सक्छ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला । बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन् । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँगअसमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ । पछि लाग्नेहरूले खर्च गराउनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मेहनतले आम्दानी बढाउनेछ । सानो प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्न सक्छ । श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । आयस्रोत बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ । सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ । पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विशेष भेटघाटले काममा उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

कुम्भ-गु, गे, गो, सा, सि, सु, से, सो, द

पुरानो गतिले काम बिग्रन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । काम बिग्रने भयले सताउनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला । सहयोगीहरूको भर पर्दा दुःख पाइनेछ । बेसुरमा काम गर्ने बानीले आफूलाई फाइदा नहुन सक्छ । आध्यात्मिक मनोवृत्तिले समाजसेवामा प्रवृत्त गराउन सक्छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि

गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ । अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको स्वार्थका लागि उपयोग भइएला । पछि फाइदा दिने काम सम्पादन गर्न सकिनेछ ।

फागुन ३, फेब्रवरी १५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज प्रणय दिवसको दिन यी राशिका लागि मिल्नेछ प्रेममा सफल्ता, हेर्नुहोस् (फागुन २ गते) को राशिफल

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…