Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : मान्छे देउता कसरी बन्छ ?

टि एन भट्ट, विश्वामित्र ,हाल-भक्तपुर
१ महिना पहिले
कविता : मान्छे देउता कसरी बन्छ ?

उ देउता बन्नु अगाडि
आटो खान्थ्यो ढिडो खान्थ्यो
मकै भटमास खान्थ्यो
टिमुरको चटनीमा कोदोको पुवा !
वा ! क्या चिज भन्थ्यो
अहिले अगरबत्तीको धुवाँ खान्छ
लड्डु खान्छ
गाउँको ढुङ्गो बिर्सिन्छ
शहरमा मस्जिद बनाउँछ
भन्नुस न कमरेड !
मान्छे देउता कसरि बन्छ ?

त्यहाँ वरपर नन्दी हुन्छन्
भृङ्गि हुन्छन्
भुत प्रेत र पिचास नाँचिरहन्छन्
मान्छेलाई देउता बनाउछन्
र पुजिरहन्छन् ।

उसको टाउको उसको हुदैन
उसको खुट्टा उसको हुदैन
उसको हात उसको हुदैन्
नौबेध बोक्नेहरू
फुलबोक्नेहरू
धुप बाल्नेहरू !
मन्त्र फलाक्नेहरूको घेरा भित्र
एउटा मान्छे देउता बन्छ !
एउटा ढुङगो देउता बन्छ
र बिर्सिन्छ तमाम ढुङ्गाहरू !
भन्नुस् न कमरेड
ढुङ्गा कसरि देउता बन्छ ?

उसको स्वर फेरिन्छ
बिचार फेरिन्छ
आफन्त फेरिन्छन्
उसको घर फेरिन्छ,
पलङ्ग फेरिन्छ,
नैबेध फेरिन्छ
पन्चामृत फेरिन्छ
जब मान्छे देउता बन्छ
उसले मान्छे बिर्सिन्छ
भन्नुस् न कमरेड
मान्छे देउता कसरी बन्छ ?

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…