back

कविता : जाडो जा

वि.सं.२०७६ फागुन ३ शनिवार

321 

shares
NTC AD
Global IME AD

जा जा जा क्षुद्र जाडो अब कति नबसी झट्ट अष्ट्रेलिया जा
यद्वा जा उत्तरैको ध्रुवतिर रहने सिन्धुका माझमा जा
जा जा सेता हिमाली नगउपर उतै वास बस्नेगरी जा
लैजा चीसो समग्रै परिधि र यसको उच्चताविन्दु लैजा ।

तेरो खाँचो यता ता रतिभर नहुँदै बस्नुसम्मन् बसिस् लौ
दुःखी,निर्धा हजारौं श्रमिक र निमुखा डस्नुसम्मन् डसिस् लौ
देखाईस् शक्ति आफ्नो हकडग र घुँडा धस्नुसम्मन् धसिस् लौ
गाली वा श्राप,निन्दा जति पनि सहँदै खस्नुसम्मन् खसिस् लौ ।

ल्याइस् खोकी रुघा वा ज्वर कति थरिका दर्द सौगात बाँडिस्
कैंयौंका ज्यान धान्नै पनि सकस दिइ :,प्राण केही उडाईस्
व्यापारी वर्गलाई हितकर बनिइस् वस्त्र न्याना बिकाइस्
नाफाका माथि नाफा,मन मगज दुवै हर्षले झल्मलाइस् ।

नारीका साथ गर्दै छलकपट सभाध्यक्ष खोस्नेतिरै जा
एम् सी सीको बहानासँग कमिशनको भाग बाँड्नेतिरै जा
भ्रष्टाचारी बनेरै मुलुकगति उँधो लाउनेमाथि तैं जा
झूटा नेता,घुस्याहा वकिल र शठका माथि हावी तँ भैजा ।

मोदीका गाथमा जा थुरथुर भइदे कम्प दे,छट्पटी दे
कालापानी बुझाऊन् अधिकतम छिटो सूझको हुट्हुटी दे
सीमाका स्तम्भ चोर्ने छलकर सबको चर्ममा पट्पटी दे
जो जो आदेश दिन्छन् तिनकन जडता बुद्धिभित्रै भरी दे ।

झेलीकै साथ जा,जा बरु थुर थुर यो कम्प हाम्रो तँ लैजा
छेदीका साथमा जा हरबखत बनी रोग वा उग्र हैजा
भेदीका योजनामा बरफसरि हुने अर्थमा झट्ट गैजा
हामीमा सान्त्वना होस् मुलुक सहज होस् शीत अन्यत्र नै जा ।
यो साझा हो समस्या यस बखत यता त्राणको चाहना छ
मान्छे वा अन्य प्राणीजगत सब रमोस् भावना र कामना छ
जा जा जाडो उता लौ जनजगत जहाँ ताप झेल्छन् करैले
त्यो तातो दूर गर्नू बरु हितकर भै भन्छ खोलाघरेले !

छन्द-स्रगधरा

वि.सं.२०७६ फागुन ३ शनिवार १०:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...