Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : काउछो

भावकेशर बराल, सिन्धुली
१ महिना पहिले
कविता : काउछो

घरकै आँगनमा
हुर्कँदै छ काउछाको बोट ।

मिर्मिरे उज्यालोमै
देखिन थालेका छन्
आँखावरिपरि विषालु लहराहरू
र, झाँगिन खोज्दै छन्
बस्ने बैठक, सुत्ने कोठा र खेल्ने मैदान
आखिर काउछो न हो
देख्नेबित्तिकै
सगसगाउँछ मस्तिष्क
तिरमिराउँछन् दृश्य
र, चरचराउँछ सिङ्गै शरीर ।

खोजी गर्दै छु-
कसले छरिदियो काउछाको बियाँ
विचारको चौघेराभित्र मध्यरातमा ?
र, उठ्न खोज्दै छन्
बिहानैदेखि घरको मूलढोकामा
काउछाका अनगिन्ती लहराहरू ?

कयौँपटक-
किचिपिची पार्न खोजेको छु
आकाश छुन उठेका
काउछाका तिखा मुन्टाहरू ।

सल्काउन मन लागेको छ
वरिपरिको काउछो घारी
र, काउछोसितै झाँगिएका
अनगिन्ती झुसहरू
किनभने जबसम्म रहिरहन्छ
काउछाको जिलो
घरको अन्तरकुन्तर
रछ्यानको आसपास
मौका पाउनासाथ उठिहाल्छन्
विचारको थाङ्ग्रा चढेर
मस्तिष्कको खुला आकाशमा ।

काउछाले बेरेपछि मस्तिष्क
निस्कँदा रहेछन् झुसे विचारहरू
र, बिजाउँदा रहेछन् जीवन ।

बरु भत्काइदिन्छु-
आफैँले माटो मुछेर उठाएका चौघेराहरू
अनि पुरिदिन्छ-
अङ्कुराउँदै गरेका काउछाका दिउल
फेरि, बिस्तारै बिस्तारै
उठाउँला घरका नयाँ जग ।

घरकै आँगनमा
हुर्कँदै छ काउछाको बोट
र, फैलन खोज्दै छ वरिपरि ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…