Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : आप्रवासी यात्रा

झमक घिमिरे, धनकुटा
१ महिना पहिले
कविता : आप्रवासी यात्रा

र, बहिरहेछ न्यानो हावा यता
एकजोर आँखाहरु ओछ्याएर प्रियसी
खण्ड–खण्ड बनेर छुटिएको प्रेमलाई हेर्छिन्
उनको हेराइमा आप्रवासी
लोग्नेको भुगोल घुमिरहेछ
र,आफ्नै भुगोलले छुट्याएका
कलिला नानीहरुको सपना
जो आफ्नै जरा हालेको माटोबाट
खेदिएका छन्
जीवनको चक्र जहाँबाट सुरु भयो
त्यहि भूमिबाट निर्वासित छन् ।
जीवनको नेपथ्यमा रजाईँ गरिरहेछन् ब्वाँसाहरु
स्वतन्त्रताको बिभत्स करणीपछि
जिन्दगी संगीन नालमा उभिन्छ
नाङ्गा मसिना कुर्कुच्चा लिएर नानीहरु
आप्रवासबाट आप्रवासतिर लाग्दैछन्
जसलाई आफ्नो भुगोल थाहा छैन
प्रियसीको मायालु सम्झनाहरु पनि
संवेदनाको मजेत्रोमा पोको परेर
त्यहि यात्रामा अघि बढिरहेछन्

साहित्यकार घिमीरे, मदन पुरस्कार बिजेता हुन्

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…