Sansar News- Nepal's Fast Khabar Online News Portal

ललिता निवासको जग्गाबारेमा प्रमाणसहित पहिल्यै जानकारी गराउँदा नसुनिएपछि…

संसार न्यूज़
१ महिना पहिले
ललिता निवासको जग्गाबारेमा प्रमाणसहित पहिल्यै जानकारी गराउँदा नसुनिएपछि…

गैरआवासीय नेपाली संघको गतिविधि नेपालमा बढ्न थालेपछि मेरो पनि चिनजान हुन थाल्यो । संघमा आवद्ध धेरै एनआरएन अगुवासँग संचारकर्मीको नाताले मेरो नजिकता बढेको हो । एनआरएनहरुको नजिकताले गर्दा स्वदेशमा मात्र होइन विदेशमा हुने सम्मेलन तथा कार्यक्रममा सहभागी हुने अवसर पनि आउन थाल्यो । उनीहरुका आवाज बुलन्द बनाउन म आवद्ध संस्था रोजगार मिडियामार्फत थोर बहुत इँटा थप्ने काम गरियो । एनआरएनहरुको पवित्र भावनालाई उजागर गर्न मिडियाको तर्फबाट मेरो ल्याकतले भ्याउने जति गरिरहेकै छु । संस्थालाई धुमिल बनाउन खोज्नेहरुका कर्तुत बाहिर ल्यााउन पनि म चुकेको छैन ।

देशलाई दुखेको बेला एनआरएनहरुले एक साथ देखाएको उत्साहपूर्वक सहयोग र सद्भाव नेपालीहरुले बिर्सन सक्दैनन् । एनआरएनका हरेक गतिविधिसँग नजिक रहेर काम गर्न पाएकाले पनि होला यसभित्रका सकारात्मक र नकारात्मक धेरै पाटाहरुमा जानकार नै छु ।

यहाँ मैले सन्दर्भ जोड्न खोजेको एनआरएनले किनेको बालुवाटारको जग्गाको विषय हो । विदेशमा बस्ने नेपालीहरुले आफ्नो छुट्टै कार्यालय नेपालमा नभएकाले उद्योग वाणिज्य महासंघको भवन नै शेयर गरिरहेका थिए । तत्कालिन अध्यक्ष शेष घलेले एनआरएनको आफ्नै कार्यालय बनाउनुपर्छ भनेर अभियान चाले । एनआरएन संस्थागत हुँदै थियो । जग्गा किन्नका लागि एनआरएनले बालुवाटारमा रहेको ललिता निवासको लगभग पक्का गरिसकेको रहेछ । बालुवाटारमा जग्गा खरिद गर्न लागेको जानकारी मैले पनि पाएँ ।

बालुवाटारको जग्गाका विषयमा मलाई पहिला नै विवादित हो भन्ने राम्रो जानकारी थियो । केही जग्गा माफियाले सरकारी जग्गा बद्नियतपुर्वक नीजि बनाएको ललिता निवासमा एनआरएनएले जग्गा किन्न लागेको थाहापाएपछि सबैभन्दा चिन्ता मलाई लाग्यो । उक्त जग्गा विवादित छ भन्ने कुरा मलाई प्रमाणसहित केही जानकारहरुले देखाइसकेका थिए । एनआरएनको शुभचिन्तक र एनआरएनलाई नजिकबाट मैले बुझेको हुनाले उक्त जग्गाको विवादका बारेमा एनआरएनका अगुवाहरुलाई एक एक भेटेर जानकारी गराएँ । मैले बिबादित सरकारी जग्गा नकिन्न आग्रह मात्र गरिन पछि एनआरएनलाई समस्या आइलाग्छ है भनेर एनआरएनका अध्यक्षलगायत पदाधिकारीलाई पटकपटक अनुरोध नै गरँे । मेरो यसमा कुनै स्वार्थ थिएन, एनआरएन जस्तो पवित्र संस्था कुनै विवाद र झमेलामा नफसोस् भन्ने एक मात्र चाहाना थियो ।

एनआरएन जग्गा खरिद समितिका एक सदस्यलाई (जो अहिलेको कार्यसमिति पदाधिकारी) जानकारी गराउँदा उनले त्यसबेला भनेको मलाई अहिले पनि याद छ । उनले भनेका थिए–‘हाम्रो आफ्नै वकिलले सबै ठिक गर्छ, सरकारलाई हामीले भनेपछि जस्तो विवाद पनि मिलाउँछौ, यस्तो कुरा लिएर मसँग अवदेखि नआउनु ।’

मैले जग्गाको विवाद र त्यसका कागजपत्र फोटोकपी अधिकांश एनआरएका अगुवाहरुलाइ उपलब्ध पनि गराएको थिए । त्यतिबेला मेरो कुरा सुन्न कोही तयार हुनुभएन । विश्वमा रहेका लाखौं नेपालीको गरिमा बोकेको संस्था जग्गाकै कारण बद्नाम नहोस् भन्ने मेरो मनोकामनालाई वास्ता नै गरिएन । एनआरएनले सवै उदाहरणीय काम गरेपनि जग्गामा जानि जानि फस्न हुँदैन मात्र भन्ने मनसाय थियो । तत्कालिन एनआरएनका अध्यक्ष शेष घलेलगायत, भिम उदास, जीवा लामिछाने, टिबी कार्की, शिशिर भट्ट, रतन झा, रामेश्वर शाह, राजेश राणालगायत सबैलाई मैले यसरी नै जानकारी गराएको थिए ।

मैले यति जानकारी गराउँदा एनआरएनले जग्गा बैना ग¥यो । जग्गा बैना गरेकै भरमा भवनको शिलान्यास तत्कालिन प्रधानमन्त्री स्व.सुशील कोइराला ल्याएर गरियो । शिलान्यासकै दिनमा पनि एनआरएन फस्दैछ भनेर मैले चिन्ता व्यक्त गरेँ । मलाई त्यसबेला यो विषयमा सरकारले साथ दिएको छ केही हुँदैन भनेर चुप लगाइयो । त्यतिबेला एकजनाले मलाई भनेका थिए–‘दुलो भित्र बिषालु सर्पछ भने दुलोभित्र हात नहाल्नु हात हाल्ने हो भने बिष नलाग्ने बनाएर हाल्नु ।’

देशमा अलिकति कानून बाँकी रहेछ भने वालुवाटारको जग्गाले एनआरएनलाई मात्र होइन यसमा संलग्नलाई एक दिन पिरोल्ने छ भनेको थिए । मलाई एनआरएनका संस्थापक भिम उदासले केही दिनअघि म्यासेज गर्नुभयो–‘फणिन्द्रजी तपाईले पहिला भनेजस्तै एनआरएनको जग्गामा प्रोबलम आयो है ।’

त्यसैगरी मलाई एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले पनि भन्नुभयो–‘ मलाई राम्ररी थाहाछ तपाईले सबैभन्दा पहिला यो विषय उठाउनु भएको थियो, त्यसबेला कसैले सुन्न चाहेनन्, के गर्ने ?’

अहिले आएर एनआरएनले सोच्दै होला एकजना हाम्रै शुभचिन्तकले उठाएको विषयलाई वास्ता नगर्दा आज पिरोलिरहेको होला की ….।

पत्रकार दाहाल रोजगारमन्च डटकमका निर्देशक हुन् ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…