Sansar News- Nepal's Fast Khabar Online News Portal

आलिया र रणविरले पाए सर्वोत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड

संसार न्यूज़
१ महिना पहिले
आलिया र रणविरले पाए सर्वोत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड

काठमाडौँ । बलिउडको फिल्मफेयर अवार्डमा नायिका आलिया भट्ट र नायक रणविर सिंहले सर्वोत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारेका छन् ।

बलिउडको प्रतिष्ठितमध्ये मानिने यस अवार्डको यो ६५ औँ संस्करण हो । शनिबार गुवाहाटीमा सम्पन्न भएको अवार्ड शोमा ‘गल्ली ब्वाय’ ले सर्वोत्कृष्ट चलचित्र लगायत १० वटा अवार्ड हात पारेको छ । र, सोहि फिल्मबाट जोया अख्तरले सर्वोत्कृष्ट निर्देशक र रणविर र आलियाले सर्वोत्कृष्ट अभिनेता र अभिनेत्रीको अभिनेत्रीको अवार्ड थापेका हुन् ।

त्यसैगरि, यसै फिल्मका लागि सिद्धान्त चतुर्वेदीले सर्वोत्कृष्ट सह–अभिनेता, अमृता शभाशले सह–अभिनेत्री, जोया अख्तर र अंकुर तिवारीले सर्वोत्कृष्ट सांगीतिक एल्बम तथा सर्वोत्कृष्ट संवाद विजय मौर्याले अवार्ड हात पारेका छन् ।

अवार्डमा भने ‘आर्टिकल १५’ र ‘सोनचिरिया’ले सर्वोत्कृष्ट चलचित्र बने । समीक्षकतर्फ आर्टिकल १५ का लागि आयुष्मान खुरानाले सर्वोत्कृष्ट अभिनेतामा अवार्ड पाए भने ‘साँढकी आँख’का लागि भूमि पेड्नेकर र ताप्सी पन्नुले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाए ।
रमेश सिप्पीले लाइफटाइम एचिभमेन्ट अवार्ड तथा गोविन्दालाई एक्सिलेन्स इन सिनेमा अवार्ड दिइयो ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…