back

एमसीसी कार्यदलले फेला पार्यो संसदमा प्रस्तुत भएका बाहेक दर्जनभन्दा बढी सम्झौता, शीर्ष नेतालाई यस्तो चेतावनी

वि.सं.२०७६ फागुन ५ सोमवार

123 

shares
NTC AD
Global IME AD

५ फागुन, काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे अध्ययन गर्न गठित कार्यदले संझौतामा संसदमा प्रस्तुत भएका बाहेक अन्य दर्जनभन्दा बढी सम्झौता फेला परेको खुलासा गरेको छ । कार्यदलका एक सदस्य भीम रावलले अहिलेसम्म संसदमा प्रस्तुत भएको बाहेक दर्जन बढी सम्झौता फेला परेको र अझै अरू पनि हुन सक्ने बताए । संसदमा प्रस्तुत भएको बाहेक अन्य सम्झौताको विषयमा आचारसंहिताका कारण बोल्न नमिल्ने उनले जानकारी दिए ।

साथै नेता रावलले एमसीसीका विषयमा जथाभावी नबोल्न शीर्ष नेतालाई चेतावनी दिएका छन् । नेकपाको केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले अध्ययन भइरहेको विषयमा जथाभावी नबोल्न नेताहरुलाई चेतावनी दिएका हुन् ।

केन्द्रीय समितिले दिएको अधिकार अनुसार आफूहरूले एमसीसी सम्झौता र योसँग जोडिएका विषयमा छलफल गरिरहेको भन्दै एमसीसीका सम्बन्धमा निर्णय सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई नदिएको उनले बताए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा एमसीसीलाई लिएर विवाद उत्पन्न भएपछि पार्टीले अध्ययन कार्यदल बनाएको थियो । कार्यदलको समय विहिबार १० दिनका लागि थप गरिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजक रहेको कार्यदलमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेका छन् ।

वि.सं.२०७६ फागुन ५ सोमवार १२:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ५...

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को...

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...