Sansar News- Nepal's Fast Khabar Online News Portal

स्व. भट्टराईको परिवारलाई ‘आमा’ र ‘छक्का पञ्जा’ टिमद्वारा आर्थिक सहयोग

संसार न्यूज़
१ महिना पहिले
स्व. भट्टराईको परिवारलाई ‘आमा’ र ‘छक्का पञ्जा’ टिमद्वारा आर्थिक सहयोग

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार स्वर्गीय केशव भट्टराइको परिवारलाई ‘आमा’ र ‘छक्का पञ्जा’ टिमले आर्थिक सहयोग गर्ने भएको छ ।

यही शुक्रबारबाट रिलिज हुन लागेको यस वर्षको प्रतिक्षीत चलचित्र ‘आमा’ की निर्मात्री शर्मिला पाण्डेले आइतबार राजधानीमा भएको एक कार्यक्रमका बीच स्व. भट्टराईकी श्रीमतीलाई १ लाख १ हजार सहयोग हस्तान्तरण गरेकी हुन् ।

अध्यक्ष तथा कलाकार भट्टराइको निधनपछि उनको परिवार आर्थिक समस्यामा परेको खबर सुनेपछि फिल्मको तर्फबाट आफूले सहयोग गरेको निर्मात्री पाण्डेले बताइन् । उनले, आफु नारी भएकाले नारीको मर्म बुझेको बताउँदै सबै मिलेर स्वर्गीय केशव दाईको परिवारलाई सहयोग गर्नुपर्ने बताएकी छन् । सहयोग रकम बुझ्दा स्व. भट्टराईकी श्रीमती भावुक भएकी थिइन् ।

यसैबिच, ‘छक्का पञ्जा’ टिम तथा दीपकराज गिरी समुहले पनि स्वर्गीय भट्टराईको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । दीपकराजले फेसबुकमा एक स्टाटस लेख्दै स्व. भट्टराइको परिवारको आर्थिक अवस्था देखेर दुःख लागेको बताउँदै उनीहरुको तर्फबाट १ लाख ११ हजार नगद सहयोग गर्ने बताएका छन् ।

गत मंसिर ३० गते हृदयघातका कारण निधन भएका भट्टराइको परिवार आर्थिक समस्यामा रहेको खबर बाहिरिएसँगै यतिबेला फिल्मकर्मीहरुले आर्थिक सहयोग गरिरहेका छन् । स्व.भट्टराइको परिवारलाई आर्थिक सहयोग जुटाउन समिति समेत गठन भैसकेको छ ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…