Sansar News- Nepal's Fast Khabar Online News Portal

सवारी दुर्घटनामा ३ जनाको ज्यान गयो

संसार न्यूज़
१ महिना पहिले
सवारी दुर्घटनामा ३ जनाको ज्यान गयो

काठमाडौं, ५ फागुन काठमाडौं, पाँचथर र रुपन्देहीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।

काठमाडौं, नागार्जुन नगरपालिका -६ स्वयम्भु हाईट गुम्बास्थित सडकमा बा।६५ प ६०१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक तनहुँ भानु नगरपालिका २ घर भई हाल बुढानिलकण्ठ बस्ने ३० वर्षीय प्रदिप गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो ।

पाँचथर, कुम्मायक गाउँपालिका –३ जयराम घाटस्थित सडकमा आइतबार दिउँसो लु।३ त ४९६२ नम्बरको ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय आश बहादुर लिम्बु ट्याक्टरबाट खस्न गई मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका लिम्बुको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका- ५ नयाँमिलस्थित सडकमा लु.१ च ३८२६ नम्बरको बलेरो गाडी आइतबार दिउँसो अनियन्त्रित भई लु.१९ प ५३७३ नम्बरको मोटरसाइकलाई ठक्कर दिएर दुर्घटना हुँदा बलेरो चालक दाङ राप्ती गाउँपालिका ५ पहरुवा बस्ने २५ वर्षीय आस कुमार चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…