Sansar News- Nepal's Fast Khabar Online News Portal

धनियाँ खेतीबाट तीन लाख आम्दानी

संसार न्यूज़
१ महिना पहिले
धनियाँ खेतीबाट तीन लाख आम्दानी

५ फागुन, म्याग्दी । दाल, तरकारी र मासुका परिकारलाई स्वादिष्ट तथा सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले एकै सिजनमा रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट एकै सिजनमा रु डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका हुन् ।

कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन् । धनियाँका साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाजर, केराउलगायत तरकारी खेती गर्नुभएका कार्कीले धनियाँ बेचेर मात्र वार्षिक तीन लाखभन्दा बढी आम्दानी भएको बताए । कृषक कार्कीले एक वर्षमा हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गर्छन्।

“रु सात सयको बीउ र चार हजार बराबरको श्रम खर्चेर धनियाँ खेती गर्नुभएको कृषक कार्कीले एकै वर्षमा धनियाँ बिक्रीबाट रु तीन लाखभन्दा बढी आम्दानी भएपछि खेती विस्तार गर्ने योजनामा रहेको बताए । “बीउ र शारीरिक श्रम गरी कूल चार हजार ७०० को लगानी गरेको हुँ”, कार्कीले भने, “एक वर्षको अवधिमा रु तीन लाखभन्दा बढीको बिक्री भयो, अझै खेतका गह्राभरि धनियाँ छ ।”

म्याग्दीको पर्यटकीयस्थल लभ्ली हिल नजीकै कार्कीले पसल र तरकारी खेती गरेका छन् । लभ्ली हिलमा आन्तरिक पर्यटकहरुको वृद्धिसँगै कार्कीको कृषि उपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ ।

लभ्ली हिलमा आएका युवायुवती, गृहिणी र लोग्नेमान्छेले समेत बारीबाट नै ताजा तरकारी आफैँ टिपेर लैजाने गरेका कार्कीले बताए । “अहिले अरू तरकारी सकिएको छ तर धनियाँ भने प्रशस्तै छ”, कार्कीले भने ।

कार्कीले धनियाँको एउटा मुठोलाई रु २० देखि ३० सम्ममा बिक्री गर्दै आएका छन् । कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको उनले बताए ।रासस

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…