Sansar News- Nepal's Fast Khabar Online News Portal

साना किसानलाई नगरपालिकाद्वारा अनुदान

संसार न्यूज़
१ महिना पहिले
साना किसानलाई नगरपालिकाद्वारा अनुदान

५ फागुन, बलेवा  । कृषिलाई व्यवसाय बनाएकालाई बागलुङ नगरपालिकाले अनुदान वितरण गरेको छ । दोहोरो नपर्ने गरी नगरपालिकाले कृषि र पशुपालन गरेका किसानलाई लगानी, मिहिनेत र क्षेत्रफल तथा पशु सङ्ख्याका आधारमा अनुदान दिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

प्रदेश र सङ्घीय सरकारबाट अनुदान पाएकाबाहेक चालू आर्थिक वर्षमा झण्डै एक सय किसानलाई अनुदान वितरण गरेको हो । नगरपालिकाले कृषि अनुदानका माध्यमबाट रु १२ लाख ८० हजार अनुदान बाँडेको हो । कम्तीमा चार रोपनी जग्गामा सुन्तला र अन्य कृषि उत्पादनको काम गरेका किसान, माछातर्फ ५०० भन्दा बढी, पशुपालन भए कम्तीमा पाँचवटा पालेका तथा दूध उत्पादन गरेका किसानलाई पुरस्कारस्वरुप अनुदान बितरण गरिएको हो ।

नगरपालिकाका प्रमुख पौडेलले छनोट भएर आएका किसानलाई अनुदान दिए । सार्वजनिक सूचना जारी गरेर परेका निवेदनबाट छनोट गरिएको उनले बताए । पौडेलले अनुदान सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयोे । अनुदान दुरुपयोग भएमा सरकारी बाँकीसरह असुल उपर गरिने भन्दै काम गर्नेलाई प्रोत्साहन दिने योजना ल्याएको बताए ।

पौडेलले किसानले र बालबालिकाले झुटो बोल्दैन भन्ने मान्यताले उनीहरुको प्रतिबद्धता समेतलाई अनुदानमा सूचक बनाइएको बताए । छनोटमा परेकालाई रु १२ हजारदेखि ४० हजारसम्म रकम नगदमै उपलब्ध गराइएको हो । सुन्तलातर्फ १० किसानलाई रु दुई लाख ३६ हजार र माछापालनका लागि ५०० भन्दा बढी पाल्ने तीन जनालाई रु ८० हजार वितरण गरिएको हो ।

लेयर्स कुखुरातर्फ कम्तीमा एक सय पाल्ने आठजनालाई रु दुई लाख, पाँच सयभन्दा बढी कोइलर पाल्ने २४ जनालाई रु तीन लाख ९० हजार, गाईभैँसीतर्फ पाँचभन्दा धेरै पाल्ने १३ जनालाई रु एक लाख ७५ हजार, बाख्रातर्फ एक सयभन्दा बढी पाल्ने २८ जनालाई रु तीन लाख ६५ हजार दिइएको हो ।

राँगोतर्फ तीन जनालाई रु ९९ हजार, बङ्गुर पाल्ने तीन जनालाई रु एक लाख ५० हजार, दूध उत्पादन र बिक्री केन्द्र स्थापना गर्ने चारजना किसानलाई रु एक लाख ८० हजार दिइएको हो । उपकरण चाहिने किसानको हकमा बिलअनुसारको नगद हस्तान्तरण गरिने बताइएको छ । रासस

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…