Sansar News- Nepal's Fast Khabar Online News Portal

अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु

संसार न्यूज़
३ महिना पहिले
अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु

६ फागुन, काठमाण्डौं । अष्ट्रेलियामा अध्ययनरत एक नेपाली चेलीकोे मृत्यु भएको छ ।
अष्ट्रेलियाको सिड्नीमा रहेकी ललितपुर साना गाउँकी रमिला मर्हजनको मृत्यु भएको हो । उनी अध्ययनका लागि २ वर्ष अघि मात्रै अष्ट्रेलिया पुगेकी थिइन् ।

श्रोतका अनुसार अष्ट्रेलिया पुगेपछि रमिलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो । त्यसको उपचार गराउने क्रममा उनको मृत्यु भएको बताइएको छ ।

श्रीमान संजय महर्जनसँगै अष्ट्रेलियामा रहेकी रमिलाको दाहसंस्कार अष्ट्रेलियामै सोमबार गरिएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँमा रहेको अनन्त इङ्गलिस स्कूलबाट एसएलसी गरेकी रमिला बिबिएस सकेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गएकी थिइन् । उनको बिहे २ वर्ष अघिमात्र भएको थियो ।

उनको मृत्युको खबरले मर्माहत भएको भन्दै अनन्त अंगेजी विद्यालयका प्रिन्सीपल गोपाल प्रसाद घिमीरेले दुःख व्यक्त गरेका छन् ।

‘हाल अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका क्रममा रहेकी अनन्त इङ्गलिस स्कूलको २०६४ व्याचकी होनहार छात्रा रमिला महर्जनको असामयिक निधनप्रति हार्दिक र श्रद्धाञ्जली व्यक्त गर्दछु । रमिलाको निधनबाट पत्नी वियोगको पीडामा परेका सोही व्याचका यसै विद्यालयका छात्र सञ्जय महर्जन एवम् दुबै परिवारमा परेको बज्रपातप्रति विद्यालय परिवार तथा व्यक्तिगत रूपमा म हार्दिक समवेदना व्यक्त गर्दछु ।’ प्रिन्सीपल घिमीरेले सामाजिक संजालमा लेखेका छन् ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…