Sansar News- Nepal's Fast Khabar Online News Portal

सुडानको शान्ति वार्ता तीन हप्ता पछि धकेलियो

एएफपी
१ महिना पहिले
सुडानको शान्ति वार्ता तीन हप्ता पछि धकेलियो

६ फागुन, जुवा । सुडानी सरकार र विद्रोही समूहको गठबन्धनबीच भएको शान्ति वार्ता अन्तिम मितिसम्म कुनै निस्कर्षमा नपुगेपछि वार्तालाई थप तीन हप्ता लम्ब्याइएको छ ।

सुडान क्रान्तिकारी मोर्चा (एसआरएफ) का नौ विद्रोही समूहको गठबन्धन र खार्तुमका प्रतिनिधिहरूले फेब्रुअरी १५ सम्ममा वार्तालाई निष्कर्षमा पु¥याउने जिम्मेवारी दिइएको भएपनि उक्त समयसीमाभित्र वार्ता नटुङ्गिएको तर केही प्रगति भएको भन्दै वार्तालाई जारी राख्न सोमबार दुवै पक्षले एउटा सम्झौतामा हस्ताक्षर गरेको छन् । एसआरएफका उपसभापति यासिर अरमानले एएफपीलाई भने, “शान्ति वार्ताका लागि यो नै अन्तिम विस्तार हुने आशा गरिएको छ ।”

“शान्ति सम्झौतालाई अन्तिम रूप दिन ‘महत्वपूर्ण कदमहरू’ चालिएको छ, अरमानले भने ।दक्षिण सुडानमा गत वर्षको अक्टोबरमा शुरू भएको शान्ति वार्ताले डार्फर, ब्लू नाइल र दक्षिण कोर्डोफानमा द्वन्द्व अन्त्य गर्ने लक्ष्य राखेको छ जहाँ विद्रोहीहरूले बर्खास्त राष्ट्रपति ओमर अल बशिरको नेतृत्व कालमा पछाडि पारिएका अल्पसङ्ख्यक समूहहरूले ठूलो लडाई लडेका थिए ।

प्रधानमन्त्री अब्दाल्ला हमदोकको नेतृत्वमा सुडानको सङ्क्रमणकालीन सरकारले यी क्षेत्रहरूमा द्वन्द्वको अन्त्यलाई प्राथमिकता दिएपछि शान्ति सम्झौताका आशाहरू खडा भएका छन् ।

अहिलेसम्म दलहरू युद्धविराम, मानवीय पहुँच, भूमिसम्बन्धी मुद्दाहरू र द्वन्द्वबाट विस्थापितहरूको पुनःस्थापनाका बिषयमा सहमति भइसकेको बताइएको छ ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…