Sansar News- Nepal's Fast Khabar Online News Portal

निर्भया प्रकरणका ४ दोषीलाई २० फागुनमा फाँसी

संसार न्यूज़
१ महिना पहिले
निर्भया प्रकरणका ४ दोषीलाई २० फागुनमा फाँसी

६ फागुन, काठमाडौं । भारतको दिल्लीस्थित एक स्थानीय अदालतले निर्भया बलात्कार र हत्या प्रकरणमा चारजना दोषीहरुका विरुद्ध तेस्रो पटक डेथ वारेन्ट जारी गरेको छ। अदालतले सबै दोषीहरुलाई ३ मार्च अर्थात् फागुन २० गते बिहान ५ बजे फाँसी दिने निश्चित गरेको छ।

चार दोषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय सिंहका लागि पटियाला हाउस कोर्टका एडिशनल सेशन न्यायाधीशले सोमबार डेथ वारेन्ट जारी गरेका हुन्। उनीहरुले सर्वोच्चसम्म दायर गरेको निवेदन खारेज भएकाले पटियालाकोटले नयाँ फाँसीको समय तय गरेको हो।

अहिले कुनै पनि आरोपितको निवेदन कुनै पनि अदालतमा विचराधिन नभएको भन्दै अदालतले नयाँ मिति तय गरेको हो। आरोपी मध्ये विनय शर्मा तिहाड जेलमा भोक हड्तालमा रहेका छन्।

अदालतले उनको ख्याल गर्न पनि तिहाड जेलका नाममा आदेश गरेको छ। यसभन्दा पहिले १७ जनवरीमा ट्रायल कोर्टले १ फेब्रुअरीमा तय गरेको थियो। फेरि ३१ जनवरीमा ट्रायल कोर्टले त्यसलाई रोकेको थियो।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…