Sansar News- Nepal's Fast Khabar Online News Portal

नेकपाका नेता आचार्यले धरानवासीको मन दुखाएको भन्दै अभियानद्धारा घोर भत्र्सना

संसार न्यूज़
१ महिना पहिले
नेकपाका नेता आचार्यले धरानवासीको मन दुखाएको भन्दै अभियानद्धारा घोर भत्र्सना

६ फागुन, काठमाण्डौं । धरानवासीहरुको लोकप्रिय नेता मानिएका पूर्वमेयर ध्यान बहादुर राईको श्रद्धान्जलिसभामा राईको आलोचना गरेपछि नेपाल कम्युनिष्ट पार्टी .(नेकपा) का नेता भिम आचार्य आलोचित भएका छन् ।

फागुन ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपमहानगर कमिटीद्धारा आयोजित श्रद्धान्जलिसभामा श्रद्धान्जलि दिन आएका नेता आचार्यले स्वर्गीय पूर्व मेयर राईलाई “मेयर भएर पनि ध्यानबहादुर राई घरघर डुलेर हिड्ने, अध्ययन, विश्लेषण र सही निर्णय गर्न नसक्ने ’फिरन्ते क्रान्तिकारी’ जस्ता थिए । उनी जग्गा दलाली गरेर खाने ’दले’ थिए । नीति र सिद्धान्तको ख्याल नराख्ने ’पिछ्लग्गु’ र ’जातिवादी’ थिए ।“ भनेर  मानविय संवेदना नबुझि बोलेको भन्दै पूर्वमेयर स्व. ध्यान बहादुर राई स्मृति ग्रन्थ प्रकाशन एवं सालिक स्थापना अभियान धरानले प्रेसविज्ञप्ति नै निकालेर घोर भत्र्सना नै गरेको छ ।

‘धरानका लोकप्रिय पूर्व नगरप्रमुख स्वर्गीय ध्यान बहादुर राईलाई श्रद्धान्जलि सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम आचार्यले मानविय संवेदनाको वेवास्ता गर्दै आलोचना र अपमान गरेर धरानवासीकै भावनामा ठेस पुर्याएकोमा खेद व्यक्त तथा घोर भत्र्सना गर्दछौं ।’  अभियानका संयोजक महेश श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ ।

प्रेस विज्ञप्ति

धरानका लोकप्रिय पूर्व नगर प्रमुख स्वर्गीय ध्यानबहादुर राईलाई श्रद्धाञ्जली सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम आचार्यले मानवीय संवेदनाको समेत वेवास्ता गर्दै आलोचना र अपमान गरेर धरानवासीहरुकै भावनामा ठेस पुर्याएकामा खेद व्यक्त गर्दै घोरभत्सर्ना गर्दछु ।
२०७६ फागुन ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपमहानगर कमिटीले स्व. ध्यानबहादुर राई र स्व. देवलक्ष्मी प्रधानप्रति श्रद्धा अर्पण गर्न श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।
म समेत उपस्थित रहेको उक्त कार्यक्रममा अधिकांश वक्ताहरुले स्व. ध्यानबहादुर राईको प्रशंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का माननीय, नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश इञ्चार्ज नेता भिम आचार्यले भने उक्त कार्यक्रममा स्व. ध्यानबहादुर राईको कटुआलोचना र अपमान गरेर भने, “मेयर भएर पनि ध्यानबहादुर राई घरघर डुलेर हिड्ने, अध्ययन, विश्लेषण र सही निर्णय गर्न नसक्ने ’फिरन्ते क्रान्तिकारी’ जस्ता थिए । उनी जग्गा दलाली गरेर खाने ’दले’ थिए । नीति र सिद्धान्तको ख्याल नराख्ने ’पिछ्लग्गु’ र ’जातिवादी’ थिए ।“
कम्युनिष्टहरुका गुरु माओ त्सेतुङले भन्नुभएको छ, “हामी कम्युनिस्टहरू बीउजस्ता हौँ र जनता माटा जस्तो हुन्, हामी जहाँसुकै पनि जनताको साथमै हुन्छौँ, त्यही जरो गाड्छौँ, उनीहरूकै बीचमा फुल्छौँ । सबै पार्टी सदस्यहरूले पहिले जनता र अनि जनपक्षीय विचारधाराको सिद्धान्तलाई मनमा लिनुपर्दछ र तिनीहरूलाई प्रयोगमा ल्याउनुपर्दछ । हामीले पार्टी्भित्र खास गरेर जनतालाई असन्तुष्ट लागेका समस्याहरू समाधान गर्न सक्दो किसिमले कार्य गर्नुपर्दछ जसबाट पार्टीले सधैँ तिनीहरूको विश्वास र समर्थन प्राप्त गर्न सकोस् ।“ यिनै जनपक्षीय नीति मार्फत धरानवासीहरुको सुख–दुःख बुझ्नु र विकासमा जन सहभागिता जुटाएर मृत शहर धरानलाई नमूना नगरपालिका बनाउने र नेपाल कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास कायम राख्ने उहाँको कार्यशैली ’फिरन्ते क्रान्तिकारी’ भन्नु स्व. ध्यानबहादुर राईको अपमान मात्रै नभएर धरानवासीहरुकै अपमान हो ।
एउटा व्यक्तिविशेषले भ्रष्टाचार अत्याचार नगरी राष्ट्र र जनतालाई नोक्सान नपुर्याउने व्यवसाय पेशा गरिखाँदा पेशाकै अपमान गर्नु स्वभाविकरुपमा उपयुक्त होइन । त्यसैगरी लोकतन्त्रमा राजनीति र विचार बोक्ने क्रममा फरक कित्ता र फरक विचार राख्दा अपमान गर्नु ठिक होइन, किनकि पटकपटक आचार्यकै पार्टीले सत्तारोहणका क्रममा फरक विचारकै पार्टीको सहयोग लिएकै हो । यसअर्थमा नेकपाका नेता आचार्यको क्षुद्र टिप्पणी, व्यवहार र बोली सह्य हुनसक्दैन ।

आचार्यकै पार्टीका प्रधानमन्त्री र नेताहरु स्वयंले स्वर्गीय ध्यानबहादुर राईप्रति सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले “स्व. ध्यानबहादुर राईले धरानको लोकप्रिय जनप्रतिनिधि भएर पुराउनु भएको योगदान सदा स्मरणीय भएको र सुयोग्य समाजसेवी गुमाएकोमा दुःख व्यक्त गर्दछु“ भनेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । पूर्व प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले “स्वर्गीय राईले समाज परिवर्तनको आन्दोलनमा महत्वपुर्ण भुमिका खेल्नुभएको स्मरणस् सहित आधुनिक धरान शहरको योजनाकार समेत रहनुभएका राईको निधनबाट धरानले एक कर्मठ राजनीतिज्ञ तथा समाजसेवी गुमाएको छ“ भन्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यसैगरी स्व. राई कै योगदानलाई स्मरणस् गरेर प्रदेश नं. १ ले उपचारार्थ आर्थिक सहयोग र निधनमा मुख्यमन्त्री समेतले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सबैबाट सम्मानित धरानका लोकप्रिय पूर्व नगर प्रमुख स्व. ध्यानबहादुर राई उहाँकै श्रद्धाञ्जली सभामा नेकपाका नेता आचार्यले अपमान गर्नु हामी सम्पूर्ण धरानवासीहरुकै अपमान हो ।
धरानवासीहरुकै मत पाएर सुनसरी क्षेत्र नं. १ ’ख’ बाट माननीय भएका भिम आचार्यले सार्वजनिक रुपमा माफी नमागे धरानवासीहरुले अब उनलाई सहजै नस्वीकार्ने र भोलिका दिन उनको पार्टीलाई पनि सहज नहुने तर्फ पनि सचेत गराउँदछु ।’

संयोजक
महेश श्रेष्ठ

 

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…