back

होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा भट्टराई

वि.सं.२०७६ फागुन ७ बुधवार

111 

shares
NTC AD
Global IME AD

७ फागुन, दमौली । होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा दुर्गाविलास भट्टराई निर्वाचित भएका छन् । मङ्गलबार दमौलीमा सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

अधिवेशनबाट सङ्घको उपाध्यक्षमा रामबहादुर आले, गिरबहादुर थापा, मीनाकुमारी श्रेष्ठ, सचिवमा सोम थापा, सहसचिवमा विनोदकुमार मल्ल, कोषाध्यक्षमा भीमलाल श्रेष्ठ र सहकोषाध्यक्षमा सङ्गीता उच्चै ठकुरी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा भीम मल्ल ठकुरी, उमानाथ भट्टराई, लोकराज पन्थ, सूर्य तिमिल्सिना, विवेक सापकोटा, रोशन बानियाँ, दिपन राई, धनमाया आले, रामकुमार मल्ल, देवनारायण श्रेष्ठ, वसन्तकुमार श्रेष्ठ, चन्द्रकुमार वाग्ले, थानबहादुर थापा, वीरबहादुर श्रेष्ठ, सन्तबहादुर थापा, लोकनारायण श्रेष्ठ, कमलचन्द्र लम्साल निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष हिराध्वज शाहले व्यवसायीले पाहुनालाई सफा, स्वच्छ र गुणस्तरीय खानाका परिकार पस्कनुपर्ने बताए । शाहले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन होटल व्यवसायीको पनि महत्वपूर्ण भूमिका रहने र त्यसका लागि व्यवसायी प्रतिबद्ध रहेको बताए ।रासस

वि.सं.२०७६ फागुन ७ बुधवार १४:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

भिर पहरामा मह सिकार सुरु

भिर पहरामा मह सिकार सुरु

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ...