Sansar News- Nepal's Fast Khabar Online News Portal

यी हुन् हामी पछाडी पर्नुको मुख्य कारण

संसार न्यूज़
१ महिना पहिले
यी हुन् हामी पछाडी पर्नुको मुख्य कारण

हामी पछाडि पर्नुको मुख्य कारण हामीले समयलाई नचिनेर नै हो । व्यक्तिगत रुपमा होस् वा सार्वजनिक दायित्वको पदमा रही राष्ट्रको अविभारा बोकेको रुपमा किन नहोस, समयको महत्वलाई हामीले पटक्कै बुझेका छैनौं । जुनसुकै काम पनि हामी समयमा गर्दैनौ ं। सेवाग्राहीलाई उचित समयभित्र सेवा प्रवाह गर्न सक्दैनौ । यो वा त्यो बहानामा काम गर्नबाट पञ्छिने प्रवृत्ति हामीलाई प्रिय लाग्दछ । यथासमयमा आफ्नो दायित्व निर्बाह नगरेपछि विकासको गति अवरुद्द हुन्छ ।

मुलुकमा ठूलो जनशक्ति कामबिहिन छ । युवाहरुलाई राज्यले स्वदेशमै आकर्षित गरेर अड्याउन सकेको छैन । काम गर्न सक्ने उमेरका मानिसहरु गाउँका होटलमा गफ चुटेर दिन बिताउँछन् । अधिकांस महिलाहरु एक्लैले घरको काम गर्नु परेको छ । कामको बोझले थिचिएका छन् ।

विदेशमा अति दुःख गरेर भित्र्याएको रेमिट्यान्स दिगो विकासको स्रोत हुँदै होइन । कुनै एउटा नेपालीको घरमा ५ जनाको परिवार छ भने एक जना मात्र कमाइ गर्ने र अरुले उसैमा आश्रित हुनुपर्ने अवस्था छ । कतिको त सबै नै बेरोजगारीको अवस्था छ । सानोतिनो कामलाई हेलत्व गर्ने र त्यस्तो कामै नगर्ने नेपाली संस्कृति बन्दै छ । जब कि विदेशमा जेपनि गरिएकै छ । सबै नागरिक कुनै न कुनै ढंगले उत्पादनशील कार्यमा नलागेसम्म राष्ट्रिय विकासमा उसको योगदान गणना हुँदैन । यस अवस्थाको समुचित समाधान सरकारले दिने योजनामा आउनु पर्छ ।

दोस्रो विश्व युद्धबाट तहस नहस भएको जापान लगायतका मुलुकका मानिसहरु सुतेर बसेका भए के आजको जापान देख्न पाइन्थ्यो होला र ? चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, थाइल्याण्डजस्ता मुलुक आज कहाँ पुगिसके ? भियतनामले विकासमा छलाङ्ग मार्दै छ । भारत, भुटान र माल्दिभ्सको विकासको गति पनि तिब्रतर रहेको छ । चरम द्धन्द्धपछि उदाएका क्याम्बोडिया, रुवाण्डा र इथोपियाजस्ता देशले एक डेढ दशककै अवधिमा गरेको विकासको फड्को विश्वलाई आश्चर्यचकित पार्ने खालको छ । अब नेपाल पनि विकासको प्रतिष्पर्धामा अगाडि आउनुको विकल्प के हुन सक्दछ ? खोजिनु पर्दछ ।

ती मुलुकहरुको विकासको गति यस प्रकारले तिब्र हुनुमा सरकारको बलियो प्रतिबध्दता मात्र होइन, बलियो कानूनको शासन, दण्डहिनताको अन्त्य, अनुशासित नागरिक समुदाय, जनताको सहभागिता, सरकार सञ्चालक तथा सबै नागरिकको राष्ट्रप्रतिको वफादारिता र काममा लगनशीलता पनि हो । तर हामी हरेक कुराको लागि सरकारलाई मात्र जिम्मेवार ठान्दछौं । अरु त अरु आफ्नो घरभित्रको फोहोर सफा गर्नु पनि आफ्नो दायित्व ठान्दैनौ । आफ्नै घर आँगनामा फोहोर्याएर फोहोर उठाउन आएन भनी सरकारलाई कुरेर गाली गर्दै बस्छौं ।

फेरि हाम्रो राज्य प्रणाली पनि नागरिकको दायित्व सम्झाउने खालको कहाँ छ र ? हामी नागरिकहरु आफै अल्छि छौं । आफूले काम नगर्ने अरुले नै गरिदेओस भन्ने ठान्दछौं । कानूनको पालना गर्नमा भन्दा उल्लंघनमा रमाउने खालको हाम्रो प्रवृत्ति छ । अनि कारवाहीमा परिहालेमा भनसुन, पावर, पैसा र राजनीतिको बलमा उन्मुक्ति लिन खोज्ने खालको निर्माण हुँदै गैरहेको छ ।

अब हामी सबै नेपालीले अल्छिपन त्यागेर विकासमा सहभागी हुनुपर्ने खाँचो छ भने राज्यले पनि विकासको गतिमा नागरिकहरुलाई सक्रिय सहभागी बनाई एउटा छुट्टै, रचनात्मक र प्रतिबद्ध मिसन, भिजन र भ्यालुका साथ अगाडि बढ्न अति नै आवश्यक छ ।

लेखक, उच्च् अदालत पाटनका न्यायाधिश हुन्

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…