Sansar News- Nepal's Fast Khabar Online News Portal

तरकारीका कार्यक्रमका लागि चितवनमा एक करोड ७१ लाख

संसार न्यूज़
१ महिना पहिले
तरकारीका कार्यक्रमका लागि चितवनमा एक करोड ७१ लाख

८ फागुन, चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले चालू आर्थिक वर्षका लागि रु एक करोड ७१ लाख बराबरका तरकारीका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

साना सिँचाइ, मेसिनरी औजार उपकरण वितरण, हाइटेक नर्सरी, कष्टम हाइरिङ तथा तरकारीको बाली सुधारका कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार चालू आर्थिक वर्षमा साना सिँचाइ र मेसिनरी औजार उपकरण वितरणका लागि निवेदन मागिएको छ । साना सिँचाइ कार्यक्रमअन्तर्गत ६० र मेसिनरी औजार उपकरणतर्फ रु ५२ लाखका कृषि औजार वितरण गर्न लागिएको छ । पचास प्रतिशत अनुदानमा कृषि समूह, कृषिफार्म, सहकारी र उद्यमीलाई कृषि औजार वितरण गरिने छ ।

कार्यालयले साना मेसिनरी औजार र कस्टम हायरिङ सेन्टर स्थापनालाई आवेदन खुलाएकामा ४७ कृषि समूह तथा सहकारीले निवेदन दिएका छन् । तरकारी जोनका प्रमुख पुष्पराज खनालका अनुसार साना मेसिनरी औजारतर्फ कृषि समूह सात, सहकारी १० र कृषिफार्मतर्फ १० वटाले निवेदन दिएका छन् । हायरिङ सेन्टर स्थापना गर्न २० समूहको निवेदन परेको छ । चालू आर्थिक वर्षमा किसानले पावरस्प्रे, इलेक्ट्रिक स्पियर, पावर टेलर, मिनी टेलर, रोटा भेटरलगायतका मेसिनरी औजार माग गरेको उनले जानकारी दिए ।

कृषि समूहतर्फ पावरस्प्रे २६, इलेक्ट्रिक स्पियर ५२, पावर टेलर पाँच, मिनी टेलर दुई, ड्याङ बनाउने मेसिन एक र रिपर एक थान माग भएको छ । विभिन्न सहकारीले पावर स्प्रे छ, इलेक्ट्रिक स्पियर २१ थान, मिनी टेलर एक, पावर टेलर दुई, ड्याङ बनाउने मेसिन एक र टिपर एक थान मागेका छन् । कृषिफार्मतर्फ मिनिटेलर छ, रोटा भेटर छ, बीउ रोप्ने मेसिन तीन, कल्ट्री तीन थानका लागि निवेदन पेश भएको छ ।

भरतपुर महानगरपालिकाका १, २, ३, १० र २९ बाहेकका वडामा तरकारी जोनका कार्यक्रम सञ्चालनमा छन् । जोनमा ३८ फार्म, १५ सहकारी, १८ कृषि समूह सूचीकृत भइसकेका छन् । सूचीकृत सहकारी, समूह तथा कृषि फार्मले तरकारी जोनका कार्यक्रममा सहभागी हुन पाउँछन् । चितवनमा २०७३\७४ देखि तरकारी जोनका कार्यक्रम शुरु भएका हुन् ।

गत वर्ष कार्यालयले कष्टम हायरिङतर्फ तीन उपकरण, ३२ साना सिँचाइका बोरिङ, इलेक्ट्रिक स्पेयर ८१ थान, मिनी टिलर १२, झार गोड्ने ड्याङ बनाउने मेसिन दुई, ठूलो ट्र्याक्टर तीन, पावर स्पेयर नौ, गाँजर धुने प्लाण्ट २४ थान वितरण गरिएको थियो । गत आर्थिक वर्षका लागि तरकारी जोनमा रु एक करोड ४० लाख बराबरका कार्यक्रम सञ्चालन भएका थिए ।

तरकारी जोन सञ्चानलपछि चितवनमा तरकारी खेती गर्ने किसान बढेको कार्यालयले बताएको छ । भरतपुर महानगरपालिकामा मात्रै ६६२ हेक्टरमा तरकारी खेती हुने गरेको छ । रासस

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…