Sansar News- Nepal's Fast Khabar Online News Portal

पद, पावर, प्रतिष्ठा र पैसाले कहिल्यै नपुगेका यी तीन नेता

संसार न्यूज़
१ महिना पहिले
पद, पावर, प्रतिष्ठा र पैसाले कहिल्यै नपुगेका यी तीन नेता

नेपालको राजनीतिमा उपर्युक्त तीन पात्रहरूले दाईँ गरिरहेका छन् । पालैपालोसंग सत्ता, शक्ति र साधनको दुरूपयोग गरेर नेपाली जनतालाई ढाँटी रहेका छन्, सपना बाँडिरहेका छन् ।

पछिल्लो चरणमा शेर ब. देउबाको अप्रजातान्त्रिक राग– रवैयाले कांग्रेस आक्रान्त भएको छ भने प्रधानमंत्री के. पी शर्मा ओली र प्रचण्डको अकर्मण्यताले जनता निराशाको बादलमा घेरिएका छन ।
नेपालको नियम-कानून र संविधान एकातिर छ भने यी नेताहरूको ध्यान केवल धन–दौलत उपार्जनमा केन्द्रित छ । यद्यपि के.पी ओली र प्रचण्डको धन-दौलतको उत्तराधिकारी कोही देखिँदैन भने शेर ब. देउबाजीको उत्तराधिकारीलाई पनि यति धेरै धन-दौलतको आवश्यकता छैन । तर पनि यी नेताहरुलाई पद, पावर, प्रतिष्ठा र पैसाले कहिल्यै पुगेन ।

नेपालका प्रजातान्त्रिक आन्दोलनहरूमा शेर ब. देउबा र केपीको उल्लेख्य योगदान देखिन्छ तर प्रचण्डको कुनै योगदान देखिन्न । प्रचण्डले त तथाकथित जनयुद्धको नाममा करिब१७.००० भन्दा बढी व्यक्तिको हत्या गरेर सत्तामा आएको कलंकित इतिहास छ ।

शेर ब. देउबा र के. पी ओलीको प्रजातांन्त्रिक आन्दोलनको इतिहासमा योगदान देखियता पनि त्यसको दुहाई दिएर अहिले सत्ता, शक्ति र सरकारी श्रोत र साधनहरूको दुरूपयोग गर्न मिल्दैन ।

तल्लो तहमा जनताको सामु यिनीहरूले राजनैतिक सिद्धान्तको आधारमा अलग धार देखाएता पनि माथिल्लो तहमा यिनीहरूले आपसमा बाँडीचुडी र मिलीजुली खाएको कुरा घामजस्तै छर्लंग भएको छ । व्याख्या जÞरूरी छैन, जनताले बुझि सकेका छन । काण्डै काण्डको आधुनिक नेपालको इतिहासमा यिनीहरू घृणित भई सकेका छन् ।

आफ्नै पार्टीभित्र अप्रजातांत्रिक र अप्रिय यी नेताहरूले कसरी जनताको पक्षमा प्रजातांत्रिक निर्णय गर्न सक्छन ? गुटबन्दी, हत्या, आतंक र चरम भ्रष्टाचारमा संलग्न उपर्युक्त नेताहरूबाट केही आशा र अपेक्षा गर्नु बेकार छ ।

जनताको माझमा अप्रिय केही ठुटे नेता र कार्यकर्ताहरू बोकेर पार्टीको राजनीति मात्रै गरेर समग्र राष्ट्रको वृहत्तर स्वार्थलाई तिलांजलि दिने यस्ता नेताहरूबाट नेपालको परिवर्तन, प्रगति–उन्नति र विकास असंभव छ ।

राष्ट्रीयता, प्रजातंत्र, लोकतंत्र, गणतंत्र, समाजवाद, साम्यवाद, जनताको बहुदलीय जनवाद, जनमुक्ति जस्ता सुन्दर शब्दहरूको खेती गरेर जनता झुक्याउने र ढाँट्ने बाहेक यिनीहरूले देश र जनताको पक्षमा काम गर्न सकेनन र सक्तैनन ।

हरेक व्यक्तिले आफ्नो मूल्याँकन गर्न सक्नु पर्छ । यी नेताहरू आफ्नो मूल्याँकन पनि गर्दैनन र बलपूर्वक सत्ता, शक्ति र शौकतमा टाँसी रहन चाहन्छन् । जनताको नजरमा आफ्नो छवि कस्तो छ नबुझिकन बेशरम शासन चलाऊँछन् ।

वास्तवमा यी पात्रहरूलाई देश र जनताको माया छैन । बरू कतिपय जनता र कार्यकर्तालाईचैँ यिनीहरूको माया छ किनभने थोरै भए पनि चाकडी, चुग्ली र चापलुसी गरे वापत धुपौरे हरूलाई पनि केही भाग लाग्छ ।

शेर ब. देउबाबाट नेपाली कांग्रेस र देशवासीले नेतृत्वको अपेक्षा गर्नु व्यर्थ छ । सक्तैनन देउबाले । कांग्रेसको गरिमामय इतिहासलाई व्यक्तिगत अथवा गुटको निर्णय लादेर चुनावताका अपवित्र गठबन्धन गर्नु, कर्म्निष्ठ कार्यकर्ता हरूको मनोबल गिराउनु र अन्ततोगत्वा पार्टीलाई धराशायी बनाउनु उन्को अप्रजातांत्रिक राग र रवैया हो । सत्तामा भएका बेला स्वतंत्र न्यायालय माथि हस्तक्षेप गर्नु, प्रहरी प्रशासनमाथि हावी हुनु, भ्रष्टाचारका अनेक काण्डमा संलग्न हुनु उन्को अनैतिक र निन्दाजनक कार्यहरू हुन् । नेपाली कांग्रेसको आदर्श र सिद्धान्त राम्रो हुँदाहुँदै पनि शेर ब. देउबाका अप्रजातांत्रिक कृयाकलाप हरूले गर्दा कांग्रेस बदनाम हुन पुगेको छ । भूतकालमा त्याग,तपस्या र समर्पण थियो भनेर वर्तमानमा जथाभावी गर्नु हुन्न । नेपाली कांग्रेसले अविलम्ब विकल्प खोज्नु पर्छ ।

यद्यपि के. पी ओली एकजना सपना बाँडने, तिखा, खरा र मेधावी नेता हुन तर उन्को सपना विपनामा परिणत हुन अत्यन्त कठिन छ किनभने कर्मचारीतंत्रले उन्लाई सहयोग गरि रहेको छैन र गर्दैन । किनभने राज्यसंयन्त्र अत्यन्त कमजोर छ । कर्मचारीहरूको मूल्याँकन र अनुगमन छैन । कर्मचारीहरूमा जिम्मेवारीपन र पारदर्शिता छैन । पुरस्कार र दण्डको व्यवस्था छैन । केही मुष्टिमेय झोले नेता र कार्यकर्ताहरूको भरमा नेता भई राख्ने बाहेक जनता र राष्ट्रको हितमा कुनै दुरगामी र उपलब्धिमूलक कार्य हुन्छ भन्ने लाग्दैन ।

प्रचण्डको के कुरा गर्नु खोई ? निर्दोष जनता मारेर हत्या र हिंसाको खेती गरेर आउने एकजना दुर्जन, हिंसक र अप्रजातांत्रिक मान्छेबाट कसरी देश र जनताको हित हुन्छ भनेर विश्वास गर्नु ?
प्रचण्डको बारेमा चर्चा गरेर म आफ्नो मूल्यवान समय र शक्ति खर्चिन चाहन्न ।

साराँशमा भन्नु पर्दा, उपर्युक्त त्रिमुर्ति हरूमध्ये म कसैलाई पनि ‘नेता’ भनेर सम्बोधन गर्न चाहन्न । यिनीहरू स्वदेशको भन्दा पनि विदेशको हकÞ–हितमा काम गर्ने पात्रहरु हुन । यिनीहरू देशभक्त नेपालीहरुको कुराहरू नसुनेर विदेशी प्रभुहरूको इशारा र स्वार्थमा काम गरि आफनो दुनो सोझ्याउने अलोकप्रिय पात्रहरू हुन् ।

के.पी, प्रचण्ड र शेर ब.देउवा नेपाली राजनैतिक वृत्तका धब्बा हुन । यिनीहरू केवल भाषण गर्न, कार्यक्रमहरूको उद्घाटन गर्न, उखान–टुक्का भन्न, एक अर्कालाई आरोप– प्रत्यारोप गर्न, विदेश भ्रमण गर्न, रंगी–विरंगी खादाहरू लगाउन, विभिन्न किसिमका फूलहरूका अत्यधिक भारी मालाहरू लगाउन खप्पिस नेताहरू हुन । यिनीहरूलाई अद्यपरिमित नेता मानेर यिनीहरूकै पछि लाग्नु, यिनीहरूलाईनै मतदान गर्नु नेपाली जनता र बुद्धिजीवीगरूको अत्यन्त ठूलो कमजोरी र गल्ती हो ।

(प्रा. डा एकजना राजनैतिक विश्लेषक र मानव अधिकारवादी समाज सुधारक हुन् )

यहाँ संप्रेषित विचार लेखकका निजि विचार हुन्

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…