Sansar News- Nepal's Fast Khabar Online News Portal

मुगुलाई लागू औषधमुक्त बनाउछु : प्रनाउ भुवनेश्वर शाह

संसार न्यूज़
४ महिना पहिले
मुगुलाई लागू औषधमुक्त बनाउछु : प्रनाउ भुवनेश्वर शाह

गत भदौमा मुगु जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) भुवनेश्वर शाहले ६ महिनाको अवधिमै जिल्लाको शान्ति सुरक्षा र अमन चयन कायमका लागि उल्लेख्य काम गरिसकेका छन् ।

कसैको दबाबमा परेर काम गर्ने ब्यक्ति आफू नभएको बताउने हक्की श्वभावका डिएसपी शाहले विशेषत मुगुलाई लागूऔषध मुक्त जिल्ला बनाउनका लागि लागिपरेका छन् । उनै साहसँग संसारन्युजका मुगु संवाददाताले गरेको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।

मुगुको सुरक्षा व्यवस्थाका लागि के कस्ता योजना बनाउनु भएको छ ?
म गत भदौं १२ गते दैलेखबाट मुगु जिल्ला प्रहरी कार्यालयमा हाजिर भए । मेरो काम यस जिल्लामा भरपर्दो शान्ति सुरक्षा अमनचय र सुरक्षालाई प्रभावकारी बनाउँनु मेरो प्रमुख जिम्मेवारी भएपनि यो मुगु जिल्लालाई लागू औषधमुक्त जिल्ला बनाउने मेरो प्रमुख उद्धेश्य छ । यो कार्यमा म लगायत मेरा प्रहरी जवानहरु अहोरात खटिएका छन् । लागू औषध कारोबारमा संलग्न ब्यक्तिलाई पक्राउ गर्न प्रहरी निकै सफल भएको छ । गत बर्ष लागूऔषधको बिषयमा १ जना मात्र पक्राउ परि मुद्दा दर्ता भएको थियो भने, म सरुवा भई यहा आएदेखि लागू औषध कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरि सकिएको छ । सोही बिषयमा १० वटा मुद्दा समेत दर्ता गरि कारबाही अघि बढाइएको छ ।

लागू औषधि जिल्लामा कसरी भित्रदो रहेछ अनि यसमा संलग्नहरु कस्ता प्रकारका पाउनुभएको छ ?
यो जिल्लामा ब्राउन सुगर, गाजा चरेश जस्ता लागू औषध फेला परेका छन् । यो नेपालगञ्जदेखि हवाई मार्ग र सडक मार्गबाट भित्रिएको अनुसन्धानमा देखिएको छ । उक्त लागू औषध करिव २० ग्राम सम्म फेला पारेका छौ । यो शहरदेखि गाउँसम्म पुगिसकेको छ । जस्तै खत्याड गाउँपालिकाबाट पनि लागूऔषध कारोबारमा संलग्न ब्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । यसमा पढेलेखेका तन्नेरी युवा बढी संलग्न भएको पाइएको छ ।

मगुमा पहिलेदेखि नै लागू औषधको कारोबार हुँदै आएको हो कि, पछिल्लो समय बढी देखिएको हो ?
हैन यो मुगु जिल्लामा पहिलेदेखि नै लागू औषध कारोबारीले गहिरो जरा गाडिसकेको रहेछ । सुरक्षा निकायले गहिरो अप्रेशन गर्न नसकेको हो । कानुनलाई पनि पालन गर्न नसकेको नै हो । अहिले म आएपछि कानुनलाई टेकेर काम गर्न सुरु गरे, अनि लागू औषधमा संलग्न ब्यक्ति धमाधम पक्राउ पर्न थालेका छन् । प्रत्येक स्कुल स्थानीयतहका वडा गाउँ बस्तीमा लागू औषधविरुद्धको जनचेतना फैलाउदै अप्रेसन थालनी गरेपछि सो कार्यमा लागेका जो कोही ब्यक्ति कानुनी दायराभित्र ल्याउन प्रहरी सफल भएको छ । लागू औषधलाई निर्मुल पार्न प्रहरी लागेको छ ।

रारा बिमानस्थलदेखि जिल्लामा भित्रिने सवारी साधनमा चेकजाँच कडा गरिएको छ । बजार क्षेत्रमा अनुसन्धानको लागि बिशेष सुरक्षा परिचालन गरिएको छ ।

ब्यक्ति पक्राउ गर्दा छुटाइ पाउ भन्ने र मुद्दा दर्ता नगर्न भनेर कत्तिको दवाव आएको पाउनु भएको छ ?
म कसैको दबाबमा परेर काम गर्ने ब्यक्ति पनि होइन । म दबाबलाई समान्य किसिमले लिन्छु । म कानुनलाई टेकेर काम गर्ने मान्छे हुँ । दबाब त आइहाल्छ गल्ती काम गर्ने ठूलो ओहोदाको ब्यक्ति होस् या साना म कसैमा पनि कम्प्रोमाइज गर्दिन, कानुनी कारबाही गरेर छोडछु । पहिले मेरो बारेमा नबुझदा यो भूवनेश्वर शाह कस्तो खालको रहेछ भन्छन पनि मेरो काम देखेपछि खुशी हुन्छन् । कसैसँग म झुक्दैन काम गरेर देखाउने मेरो बानी छ ।

५ तपाई यो जिल्लामा आई सकेपछि के-कस्ता काम गर्नु भयो ?
मैले सर्बप्रथम यस जिल्ला प्रहरी कार्यालयमा आन्तरिक सुधार कार्यलाई बिशेष जोड दिए । प्रहरी जवानलाई खुशी बनाएर काम लगाउनु मेरो जिम्मेवारी थियो । प्रहरी जवानलाई बिदाको पनि बिशेष प्राथमिकता दिए । ५ जना प्रहरी जवानलाई कारबाही समेत गरे भने आममाफी दिएर पनि आफ्नो आचरण नसुर्धाने एक जनालाई बर्खात समेत गरे । उत्कृष्ट काम गर्ने १७ जना प्रहरी जवानलाई पुरस्कार पनि दिए यसले गर्दा मेरो सुरक्षा निकायको उच्च मनोबल पनि बढेको छ । ‘राम्रो काम गर पुरस्कार जीत’ भनेर मैले प्रहरी जवानलाई भन्दै आएको छु । कार्यालय ब्यवस्थापन पनि राम्रोसंग अघि बढाएको छु । खेल मैदान शौचालय सुधार कार्यालयको चारै तिर बत्ती जडान जस्ता काम गरिसकेको छु ।

अनि स्थानीयतह संग समन्वय सहकार्यमा केही काम अघि बढाउनु भएको छ कि ?
सामुदायिक प्रहरी र छायानाथ रारा नगरपालिकाबीच समन्वय गरि गमगढी बजार क्षेत्रमा धेरै काम अघि बढाइएको छ । नगरसँग समन्वय गरि ३५ वटा स्टीकलाइट जडान गरिएको छ भने भरपर्दो शान्ति सुरक्षाको लागि ३० वटा सिसि क्यामेरा समेत जडान भइसकेका छन् । रारा घुम्न आउने पर्यटकलाई शान्ति सुरक्षाको प्रत्याभुति होस् भन्नका लागि पर्यटक प्रहरीको माग गरिसकेको छु स्वीकृति आउदा बित्तिकै प्रहरीलाई खटाइहाल्छु ।

यो बीचमा समाजिक अभियान सम्बन्धी केही कार्य गर्नु भएको छ ?
आए देखि अहिले सम्म धेरै अभियानका काम भइसकेका छन् छाउप्रथा बारे २८, बालबिबाह सम्बन्धी २८ लैगिंक हिसा सम्बन्धी ३९ कार्य गरि सकेका छौ । औलो रोग, कोरोना भाइरस बारे पनि गाउँ बस्तीमा सचेतना अभियान गरि सकेका छौ । प्रत्येक प्रहरी चौकीमा मोवाइल सिम उपलब्ध गराएर संचारलाई भरपर्दो बनाइएको छ ।

यहाँ आएको छोटो समयमै यतिधेरै काम गरिसक्नु भएको रहेछ, मुल्यांकन कस्तो भएको पाउनु भएको छ ?

म मुगुमा आइसकेपछि माघ २४ गते प्रदेश प्रहरी कार्यालयबाट र फागुन २ गते जिल्ला प्रशासन कार्यालयबाट मेरो कामको मूल्यांकनस्वरुप दुईवटा पुरस्कार प्रदान गरिएको छ । त्यसले अझ बढी हौसला मिलेको छ ।

सर्बाधिक पढिएको

होटल क्वारेन्टिनको विवरण सार्वजनिक, हेर्नुहोस् होटलहरुको सूचि, सम्पर्क र दर समेत

होटल क्वारेन्टिनको विवरण सार्वजनिक, हेर्नुहोस् होटलहरुको सूचि, सम्पर्क र दर समेत ४ हप्ता पहिले | संसार न्यूज़

२४ जेठ, काठमाडौं । सरकारले बिदेशबाट आएर आफ्नै खर्चमा क्वारेन्टिनमा…

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ४ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…