Sansar News- Nepal's Fast Khabar Online News Portal

लघुकथा : सुविधा

अरुणबहादुर खत्री “नदी”
१ महिना पहिले
लघुकथा : सुविधा

हरिदत्तले नेपाल सरकारको उच्च पदमा पुगेपछि सरकारी गाडी चढ्न सुविधाको रुपमा चढ्न पाउँछ । घरनजिकैको मन्दिरमा भगवानको दर्शन गर्न जाँदा पनि उसले सरकारी गाडी लिएर जान्छ । घरनजिकै आफूलाई चाहिने सामानहरु किन्न जाँदा पनि सरकारी गाडी लिएर पुग्छ ।
उमेरको हदले हरिदत्त अन्ठाउन्न वर्ष पुरा भएपछि रिटायर्ड भयो । रिटायर्ड भएपछि हरिदत्त आफ्नो घरदेखि टाढाको मन्दिरमा पनि हिँडेर नै जान थाल्यो । घरदेखि टाढाको पसलमा सामान किन्न जाँदा पनि हिँडेर नै जाने गर्दथ्यो ।
एकदिन हरिदत्त घरदेखि टाढाको मन्दिरमा भगवानको दर्शन गर्न जाँदा उसको टोलको महेशविक्रमसँग भेट भयो । महेशविक्रमसँग भेट हुँदा हरिदत्त भगवानको दर्शन गरेर हिँडेर नै घर फर्कन लाग्दा महेशविक्रमले आज हजुरले गाडी ल्याउनु भएन नि भन्यो । कहिलेकाही हिँड्ने पनि गर्नपर्छ हिँड्ने गर्दा हाम्रो लागि शारीरिक व्यायाम गरे जस्तै हुन्छ नि हरिदत्तले भन्यो ।
सर हजुर जागिरमा छदा सधैँ मैले जहाँ जाँदा पनि गाडी चढेर जाने गर्नुभएको देख्ने अहिले रिटायर्ड हुनुभएपछि गाडी त्यति चढेको देख्दिन नि महेशविक्रमले भन्यो । हरिदत्तको क्याम्पसमा पढ्दाखेरीको साथी रमेश टुप्लुक्क आइपुग्छ र कुरा सुन्न नपाउदै सरकारी सुविधा पाएपछि जहाँ जाँदा पनि आफूले चढ्न पाएको गाडी लिएर जानै प¥योे नि भन्छ । रिटायर्ड भएपछि गाडी चढ्नु पर्दा इन्धन खर्च आफूले नै गर्नुपर्छ रमेशले भन्यो ।

सामाखुसी साहित्य समाज,
सामाखुसी मार्ग, ९३५\५४,
सरकारी धारा, काठमाडौं
मोबाइल नं. ९८४१७९७६६४

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ५ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ६ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…