Sansar News- Nepal's Fast Khabar Online News Portal

सात महिनामा नौ करोड आम्दानी गर्यो व्यास नगरपालिकाले

संसार न्यूज़
१ महिना पहिले

 

१० फागुन, तनहुँ । तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको सात महिनामा करिब रु नौ करोड आन्तरिक आम्दानी गरेको छ । आर्थिक वर्ष ०७६÷७७ को साउनदेखि माघ मसान्तसम्म कार्यालयले रु आठ करोड ९३ लाख ४५ हजार ४५० आन्तरिक आम्दानी गरेको हो ।

विभिन्न कर, घरजग्गा रजिष्ट्रेशन, दस्तुरलगायतबाट सात महिनाको अवधिमा उक्त आम्दानी भएको राजश्व शाखाका अधिकृत कृष्णराज घिमिरेले जानकारी दिए । नगरपालिकाले यस अवधिमा सम्पत्ति करबाट रु ६६ लाख तीन हजार ९१८, घरबहाल करबाट रु २८ लाख ६२ हजार तीन, मालपोत करबाट रु २७ लाख ७९ हजार ५६४, व्यवसाय करबाट रु १० लाख ८० हजार २०१, मनोरञ्जन करबाट रु ४३ हजार २६७, स्थानीय÷वातावरण शुल्कबाट रु ९९ लाख २२ हजार ५३०, प्राकृतिक स्रोतसाधन उपयोगबाट रु तीन करोड १६ लाख छ हजार ४२५ आम्दानी भएको छ ।

त्यस्तै सवारी पार्किङबाट रु ११ लाख ८३ हजार १७५, सरसफाइबाट रु ३८ लाख २८ हजार ८५०, बस्ती विकास÷प्लटिङ÷प्राविधिक परामर्शबाट रु चार लाख ५० हजार ४४०, आय प्रमाणितबाट रु तीन लाख ११ हजार १४५, दर्ता र नवीकरणबाट रु नौ लाख ३६ हजार ५०५, घरनक्सा पासबाट रु ९४ लाख १४ हजार ६४, सिफारिसबाट रु ६९ लाख ८३ हजार ३१, नाता प्रमाणितबाट रु एक लाख ५५ हजार ७५ आम्दानी भएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी घरभाडाबाट रु ९४ लाख ७९ हजार ८८७, मेशिनरी उपरकरण भाडाबाट रु तीन लाख ७० हजार ४००, विविध फारमबाट रु सात लाख ९२ हजार २१९ र अन्य विविधबाट रु ७१ हजार ५१८ आन्तरिक आम्दानी भएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा कूल रु १४ करोड ८५ लाख आन्तरिक आय गर्ने लक्ष्य राखेको थियो । केही दिन अगाडी सम्पन्न नगरपालिकाको ३२ औँ नगरसभाले आन्तरिक आयमा रु एक करोड २१ लाख ९६ हजार थप गरी आन्तरिक आम्दानी कूल रु १६ करोड छ लाख ९६ हजार संशोधन गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

सात महिनाको प्रगतिलाई दृष्टिगत गरी आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साविकको आय अनुमानमा थप आय हुने देखिएकाले आन्तरिक आम्दानी संशोधन गरिएको उनले जानकारी दिए ।

नगरपालिकाले आन्तरिक आयमा मालपोत करतर्फ रु ५० लाख, घरबहाल करतर्फ रु आठ लाख, सवारी पार्किङतर्फ रु पाँच लाख ९० हजार, सरसफाईतर्फ रु १६ लाख, स्थानीय वातावरण शुल्कतर्फ रु एक करोड, सिफारिसतर्फ रु २५ लाख, घरभाडातर्फ रु दश लाख ७५ हजार साविकको भन्दा थप आय हुने अनुमान गरेको छ । केही शीर्षकमा भने आन्तरिक आय घट्ने अनुमान नगरपालिकाको छ । सम्पत्ति करतर्फ रु ८० लाख, विविध फारमतर्फ रु नौ लाख, अन्य विविधतर्फ रु तीन लाख ८८ हजार, दण्ड जरिवानातर्फ रु आठ लाख बजेट घट्ने अनुमान गरिएको छ ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…