back

पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने

वि.सं.२०७६ फागुन १० शनिवार

138 

shares
NTC AD
Global IME AD

१० फागुन, काठमाण्डौ । दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलको भनाइमा नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एक\दुई दिन रहने सम्भावना छ । यसले मौसम पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ ।

तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिःमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि फेरबदल भइरहेने मौसमविद् कँडेलको भनाइ छ । अबका दिनमा बिहानीपख मौसम सफा देखिए पनि अपराह्नपछि मौसम बदली हुने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने बताइएको छ । प्रिःमनसुन अप्रिल र मे महिनालाई प्रिमनसुन मानिन्छ । उक्त अवधिमा मौसमी गतिविधि फेरबदल हुन्छ ।

हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ । काठमाडौँसहित मध्य भेगमा बदली रहे पनि छिटफुट मात्रै वर्षा हुने मौसमविद् कँडेलले बताउनुभयो । पूर्वी भूभागका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा पूर्वी पहाडी क्षेत्रमा बदली रहनेछ भने बाँकी भेगमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा उल्लेख छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बितेका २४ घण्टामा देशैभर वर्षा भएको छ । सबैभन्दा धेरै डडेलधुरामा ५१ दशमलव नौ र दिपायलमा ४७ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा छ दशमलव चार मिलिमिटर वर्षा भएको छ । वीरेन्द्रनगरमा १२, दाङमा ११ मिलिमिटर वर्षा भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम १७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । रासस

वि.सं.२०७६ फागुन १० शनिवार १३:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

काठमाडौँ । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही...

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

गलेश्वर (म्याग्दी) । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका...

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...