back

जनकपुर पुगेर प्रचण्डले गरे प्रदेश-२ मा सरकार परिवर्तन हुने संकेत

वि.सं.२०७६ फागुन ११ आइतवार

144 

shares
NTC AD
Global IME AD

११ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा सरकार परिवर्तन हुनसक्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)सँग वार्ता भैरहेको र कुरा मिले लगत्तै प्रदेश २ मा सरकार परिवर्तन हुने उनले बताए ।

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमाको आइतबार उद्घाटन समारोहमा पुगेका प्रचण्डले यस्तो संकेत गरेका हुन्। ‘राजपा नेपालसँग आन्तरिक गृहकार्य भइरहेकाले कुरा सम्पन्न भएलगत्तै प्रदेशमा सरकार फेरिन्छ’, प्रचण्डले भने। लामो धार्मिक यात्राको रुपमासमेत परिचित यस परिक्रमामा सहभागी हुने अवसर पाउँदा खुसी लागेको प्रचण्डले बताए।

मिथिला मध्यमा परिक्रमाको आरम्भमा ‘प्रचण्ड’ सहभागी भएका हुन्। रातो कुर्ता, पैजामा र रमरम्मा गम्छामा सजिएर परिक्रमा डोला उठाउन प्रचण्ड बिहानै मिथिला विहारी नगरपालिकाको कचुरी पुगेका थिए।

वि.सं.२०७६ फागुन ११ आइतवार १५:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...