back

विश्व क्रिकेटका जिउँदा इतिहास सचिन रमेश तेन्दुलकर

वि.सं.२०७६ फागुन ११ आइतवार

210 

shares
NTC AD
Global IME AD

११ फागुन, काठमाडौँ । २४ अप्रिल , १९७३ मा मुम्बईको निर्मल नसिङ्ग होममा सचिन रमेश तेन्दुलकरको जन्म भएको थियो । उनका पिता रमेश तेन्दुलकर एक प्रख्यात मराठी उपन्यासकार र कवि थिए भने उनकी आमा रज्नी तेन्दुलकर वीमा कम्पनीमा काम गर्थिन । एघार बर्षको उमेरदेखि क्रिकेट खेल्न सुरु गरेका सचिन तेन्दुलकरले १६ बर्षको उमेरमा सन १९८९ को नोभेम्बर १५ का दिन पाकिस्तान विरुद्धको टेस्ट क्रिकेटबाट भारतका लागि अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

सचिन आफ्नो टेस्ट क्रिकेटको डेब्यूमा १५ रनमा आउट भएका थिए । टेस्ट क्रिकेटमा डेब्यू गरेको एक महिना पछि नै सचिनले सन १९८९ डिसेम्बर १८ मा पाकिस्तान विरुद्धको खेलबाट भारतका लागि एकदिवसीय क्रिकेटमा पनि डेब्यू गरे । उनको एकदिवसीय क्रिकेटको डेब्यू भने सम्झ्न लाएक रहेन । उनी एकदिवसीय क्रिकेटको डेब्यू खेलमा शुन्य रन मै आउट भएका थिए ।

डेब्यू खेलमा राम्रो प्रदशन गर्न नसकेता पनि सचिनले पछि गएर अन्तराष्ट्रिय क्रिकेटमा कयौँ विश्व कीर्तिमानहरु बनाउन सफल भए ।
टेस्ट क्रिकेटमा डेब्यू गरेको ९ महिना मै सचिनले आफ्नो पहिलो अन्तराष्ट्रिय सतक बनाए । उनले सन १९९०, अगस्ट १९ मा भएको इङ्गल्याण्ड विरुद्धको टेस्ट खेलमा ११९ रन बनाउदैँ नटआउट रहेर पहिलो सतक बनाएका थिए ।

एकदिवसीय क्रिकेटमा भने पहिलो सतक बनाउन लगभग ५ बर्ष लाग्यो । सन १९९४, सेप्टेम्बर ९ मा अष्ट्रेलिया विरुद्धको खेलमा ११० रन बनाउदैँ आफ्नो एकदिवसीय क्रिकेट करियरको पहिलो सतक बनाएका थिए, सचिनले ।

तेन्दुलकरले आफ्नो २२ वर्षिय अन्तराष्ट्रिय क्रिकेट करियरमा भारतका लागि ६६४ खेल खेल्दै ३४ हजार ३ सय ६७ रन बनाए । अन्तराष्ट्रिय क्रिकेटमा अहिलेसम्म पनि सचिनले भन्दा बढि रन अरु कुनै खेलाडिले बनाउन सकेका छैनन् । सचिनले भारतका लागि टेस्ट क्रिकेटमा २०० खेल खेल्दै १५ हजार ९ सय २१ रन बनाए । उनले टेस्ट क्रिकेटमा मात्र ६ वटा दोहोरो सतक, ५१ वटा सतक र ६८ वटा अर्धसतक बनाए ।
एकदिवसीय क्रिकेटमा भने उनले भारतका लागि ४६२ खेल खेल्दै १८ हजार ४ सय २७ रन बनाए । यस क्रममा उनले एकदिवसीय क्रिकेटमा एक दोहोरो सतक, ४९ सतक र ९६ वटा अर्धसतक बनाए । उनले आफ्नो टेस्ट करियरमा ५३ दशमलब ७९ र एकदिवसीय क्रिकेटमा ४४ दशमलब ८३ को औसतले रन बनाएका थिए ।

सचिनको टि–२० अन्तराष्ट्रिय करियर भने निकै छोटो रह्यो । उनले २००६ डिसेम्बर १ मा दक्षिण अफ्रिका विरुद्धको खेलबाट टि–२० अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । उनी त्यस खेलमा १२ बल खेल्दै १० रन बनाएर आउट भएका थिए । त्यस खेल पछि उनले अरु कुनै टि–२० अन्तराष्ट्रिय खेल खेल्ने मौका पाएनन ।

सचिन तेन्दुलकर अन्तराष्ट्रिय क्रिकेटमा एक सय सतक बनाउने पहिलो र एक्लो खेलाडी समेत हुन । धेरै सतक बनाउने खेलाडीको सुचीमा दोस्रो नम्बरमा रहेका अष्ट्रेलियाका पूर्व कप्तान रिर्की पोन्टिङ्गको नाममा ७१ सतक रहेको छ । दोस्रो नम्बरमा रहेका रिर्की पोन्टिङ्ग भन्दा सचिनले २९ सतक बढि बनाएका छन । सचिनले अन्तराष्ट्रिय क्रिकेटमा आफ्नो सयौँ सतक २०१२ मार्च १६ का दिन ढाकामा भएको बंगलादेश विरुद्धको खेलमा पूरा गरे ।

सचिन तेन्दुलकर अन्तराष्ट्रिय क्रिकेटमा ९० देखि १०० रनको बिचमा सबै भन्दा बढि आउट हुने खेलाडी समेत हुन । उनी २७ पटक (१७ पटक एकदिवसीयमा र १० पटक टेस्टमा) ९० देखि १०० रनको बिचमा आउट भएका थिए । त्यसैगरी सचिन ब्याटिङ्ग गर्ने क्रममा पनि ३४ पटक शुन्य मै आउट भएका थिए ।

सचिनले ब्याटिङ्गसँगै बलिङ्गमा पनि अन्तराष्ट्रिय क्रिकेटमा २०१ विकेट लिएका छन । उनले टेस्ट क्रिकेटमा ४६ विकेट लिए भने एकदिवसीयमा १५४ र टि–२० मा १ विकेट लिन सफल भएका थिए ।
सचिनलाई भारतका धेरै राष्ट्रिय पुरस्कारहरुबाट पनि सम्मान गरिएको छ । उनलाई १९९४ मा अर्जुन पुरस्कार, १९९७–१९९८ मा राजिव गान्धि खेल रत्न, १९९९ मा पद्मश्री, २००१ मा महाराष्ट्र भूषण पुरस्कार, २००८ मा पद्म विभूषण र २०१४ मा भारत रत्न जस्ता राष्ट्रिय पुरस्कारले सम्मान गरिएको थियो ।

क्रिकेट जगतका भगवान समेत भनेर चिनिने सचिन रमेश तेन्दुलकरले २०१२ मार्च १८ मा एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । एकदिवसीय क्रिकेटबाट सन्यास लिएको दुई वर्ष नपुग्दै उनले २०१३ नोबेम्बर १६ मा ४० वर्षको उमेरमा अन्तराष्ट्रिय क्रिकेटका सबै फरम्याटबाट सन्यासको धोषणा गरे ।

वि.सं.२०७६ फागुन ११ आइतवार १६:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...