back

सिमावर्ती क्षेत्रमा सशस्त्र र एसएसबीले संयुक्त गस्ती गर्ने

वि.सं.२०७६ फागुन ११ आइतवार

195 

shares
NTC AD
Global IME AD

१२ फागुन । नेपाल भारत सिमावर्ती क्षेत्रमा सशस्त्र र एसएसबीले संयुक्त गस्ती गर्ने सहमति गरिएको छ ।

भारतको बैरगनियामा आईतबार भएको दुईपक्षीय बैठकमा रौतहटस्थित सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीच नेपाल भारत सिमावर्ती क्षेत्रमा सशस्त्र र एसएसबीले संयुक्त गस्ती गर्ने लगायत ५ बुँदे सहमति भएको हो।

त्यस्तै दुईपक्षीय बैठकमा दशगज्जा क्षेत्रको सफाई अभियानलाई निरन्तरता दिने, सीमा क्षेत्रमा अपराधिक गतिविधि न्युनीकरण गर्न सूचना आदानप्रदान गर्ने सहमति भएको छ ।

सीमाक्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण गर्ने, भूमिगत सशस्त्र समूहको गतिविधिमा निगरानी गर्ने सहमति भएको छ ।

उक्त बैठकको नेतृत्व सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर गौरका प्रमुख एसपी रविनराज कर्णजित र बैरगनियाका भारतीय सिमासुरक्षा बलका २० नम्बर बटालियनका कमाण्डेन्ट तपनकुमार दासले गरेका थिए ।

वि.सं.२०७६ फागुन ११ आइतवार १८:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

काठमाडौँ । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही...

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

गलेश्वर (म्याग्दी) । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका...

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...