Sansar News- Nepal's Fast Khabar Online News Portal

आगलागीबाट विभिन्न धनमाल नष्ट

संसार न्यूज़
१ महिना पहिले
आगलागीबाट विभिन्न धनमाल नष्ट

१२ फागुन , काठमाडौं । झापा, मेचीनगर नगरपालिका १३ चारालीस्थित सडकमा ट्याङकरमा आइतबार दिउँसो वायरिङको तार सर्ट भई आगलागी भएको छ ।

भद्रपुरबाट विर्तामोडतर्फ डिजेल लोड गरी आउँदै गरेको ना.३ ख ९७८४ नम्बरको ट्याङकरमा आइतबार दिउँसो वायरिङको तार सर्ट भई आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

पर्सा, बीरगंज महानगरपालिका २१ परवानिपुर बस्ने किशोरी ठाकुरको घरको बरण्डामा पार्किङ गरी राखेका ना.३२ प १८२८, ना.१० प ८५५४ र प्रदेश २०३ ००५ प ७८५४ नम्बरका ३ वटा मोटरसाइकलमा आइतबार राति अचानक आगलागी हुँदा जलेर नष्ट भएका छन् ।

यसैगरी पर्सा, जिराभवानी गाउँपालिका ५ हरैया बस्ने अमिना चौधरीको गोठमा आगलागी भएको छ । लामखुट्टे धपाउन बालेको घुरबाट आइतबार बिहान आगलागी हुँदा चौधरीको गोठघर र सोही ठाउँ बस्ने सुरेन्द्र भण्डारीको कच्ची घर समेत जलेर दुबै जनाको गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…