Sansar News- Nepal's Fast Khabar Online News Portal

सेयर बजार झिनो अंकले घट्यो, बैकिङ क्षेत्र अझै मजबुद ।

संसार न्यूज़
१ महिना पहिले
सेयर बजार झिनो अंकले घट्यो, बैकिङ क्षेत्र अझै मजबुद ।

१२ फागुन, काठमाडौं । सेयर कारोबार नेप्से आज झिनो अंकले घटेको छ । सुचिकृत मध्ये १७९ कम्पनीका ३ अर्ब ४१ करोड ५ लाख १६ हजार २ सय ७८ रुपैंयाँ बराबरको ८३ लाख ४८ हजार २ सय ३४ कित्ता सेयर किनबेच भएको छ ।

बजार खुल्दा १५३.८४ रहेको सेयरबजार बजार बन्द हुदा आईतबार भन्दा १.९६ अंकले घटेर १५०२.१८ बिन्दुमा पुगेको छ । यसलाई विश्लेषहरुले बजारमा आएको करेक्सन भनेका छन ।

 

“धेरैे कारोबार एनएमबी बैंकले गरेको छ । उसले २० करोड ४३ लाख ३४ हजार ७३ रुपैयाँ बराबरको ४ लाख २४ हजार ७ सय १४ कित्ता सेयर किनबेच गरेको छ ।”

कूल १२ उपसमुह मध्ये बैक ४.७६, उत्पादन २३.३९ र अन्य ९.०४ बाहेक सबै १० वटा समूहको परिसूचक ओरालो लागेककोे छ । जसमा ब्यापार –१५.४२, होटल –२२.६५, बिकास बैक –१६.३२, जलविद्युत –११.५८, बित्त कम्पनी –२.३९, निर्जिवन बिमा –२२०.८८, लघुबित्त –३२.०३, जीवन विमा –४.७३ र संयुक्त लगानी कोष –०.०४ को परिसूचक भने ओरालो लागेको हो ।

आज सबै भन्दा धेरैे कारोबार एनएमबी बैंकले गरेको छ । उसले २० करोड ४३ लाख ३४ हजार ७३ रुपैयाँ बराबरको ४ लाख २४ हजार ७ सय १४ कित्ता सेयर किनबेच गरेको छ । बजार बन्द हुँदा उसको प्रतिकित्ता सेयर मूल्य ४७४ रहेको थियो । उसको मात्र १३५४ पटक सेयर लेनदेन भएको छ ।

आज सबैभन्दा धेरै कमाउनेमा कालिका लघुबित्त १०२ आरएसडिसि लघुबित्त ४२ , मञ्जु श्री फाईनान्स र एनएमबि बैंकले २०,२० लगायतका लगानीकर्ताले कमाउँदा सिभिल लघुबित्त –६१, प्रिमियर इन्स्योरेन्स –५४, गुराँस लघुबित्त –४०, लगायतका लगानीकर्ताले गुमाएका छन ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…