back

कोभिडका कारण इरानमा १२ को मृत्यु, इरानमा पनि फैलियो

वि.सं.२०७६ फागुन १३ मंगलवार

138 

shares
NTC AD
Global IME AD

१३ फागुन, तेहरान । नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण इरानमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्री सइद नमकीले सोमबार मृत्यु हुनेको सङ्ख्या बढेर १२ पुगेको पुष्टि गरेका हुन् ।
उनले अरु ४७ जनामा पनि यसको सङ्क्रमण देखिएको जानकारी दिनुभएको इरानी समाचार संस्थाले जनाएको छ ।

उनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न इरानसँग पर्याप्त श्रोतसाधन रहेको दावी पनि गरेका छन् । तर आम नागरिकले सतर्कता नअप्नाएकोले फैलिने र मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको सरकारी अधिकारीको भनाइ छ ।
सार्वजनिक कार्यक्रम तथा भेला, खेलकुदका कार्यक्रमलगायतमा सहभागी हुन सर्वसाधारणले नछाडेकाले अपेक्षित सुधार हुन नसकेको उनीहरुले बताएका छन् ।

इरानमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको हल्ला भने गलत भएको इरानी सरकारले दावी गरेको छ । असत्य हल्लाको पछि लागेर त्रसित नहुन, तर थप सङ्क्रमण फैलिन नदिनका लागि उच्च सतर्कता भने अप्नाउन सरकारी अधिकारीको आग्रह छ ।

यसैबीच, इरानको छिमेकी मुलुक इराकमा पनि यस महामारी प्रवेश गरेको छ । अहिलेसम्म कुनै सङ्क्रमित नभेटिएकोमा अहिले दुई जनामा सङ्क्रमण पुष्टि भएको इराकी स्वास्थ्य अधिकारीको भनाइ छ ।उनीहरुले सोमबार नै पहिलो सङ्क्रमित भेटिएको पुष्टि गरेका थिए भने अर्का सङ्क्रमित पनि सोमबार नै भेटिएको जानकारी दिएका छन् ।

वि.सं.२०७६ फागुन १३ मंगलवार ०८:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका...

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा...

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

जगदलपुर, भारत ।  सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना...

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

जेरुसेलम ।   इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव...

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

दोहा । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको...