back

आत्महत्या न्यूनीकरण र साइबर अपराध तथा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

वि.सं.२०७६ फागुन १३ मंगलवार

282 

shares
NTC AD
Global IME AD

१३ फागुन, झापा । समुदा-यप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कचनकवल गाउँपालिका २ सुकुना डिगीस्थित सामुदायिक भवनको सभाहलमा आत्महत्या न्यूनीकरण र साइबर अपराध तथा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले आत्महत्या कुनै प्रकारको रोग नभई मानवीय सोचको उपज रहेको उल्लेख गर्दै व्यक्ति स्वयम्ले सावधानी अपनाउन सकेमा आत्महत्याका घटना न्यूनीकरण हुने बताए ।

उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले साइबर अपराध तथा सामाजिक सञ्जालको परिचय, कानूनी व्यवस्था, सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुका साथै साइबर अपराध हुनरगर्न नदिन अपनाउनु पर्ने तरिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका थिए । साथै बीएण्डसी अस्पताल बिर्तामोडका डा. सन्दर्भ अधिकारीले आत्महत्या सम्बन्धि तथ्याङ्क प्रस्तुत गर्नुका साथै आत्महत्या न्यूनीकरण केकसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापा र समुदाय-प्रहरी साझेदारी पालिका समिति कचनकवल झापाको संयुक्त आयोजना तथा बीएण्डसी अस्पताल बिर्तामोडको समन्वय र सहकार्यमा आयोजित उक्त कार्यक्रममा कचनकवल गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका पदाधिकारीहरु, स्थानीय संचारकर्मी, स्थानीय भद्रभलादमी, शिक्षक, अभिभावक र लक्ष्मीप्रसाद देवकोटा माबिका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १२:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

बनियानी । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...