Sansar News- Nepal's Fast Khabar Online News Portal

समाजवादी मोडेलको विकासमा वहश गर्न खिमलालको आग्रह

संसार न्यूज़
१ महिना पहिले
समाजवादी मोडेलको विकासमा वहश गर्न खिमलालको आग्रह

नेपाली समाजलाइ गोश्वारामा सामन्तवादी, पुजिवादी वा समाजवादी एकै स्तरमा वुझने गल्ति गर्न हुदैन । वरु सामन्तवादका अवशेषहरुलाई अन्त गर्दै पुजिवादमा डोहोराउदै सामाजवादमा प्रवेश गराउने तर्फ ध्यान केन्द्रित गर्न जरुरी छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता तथा वरीष्ठ अधिवक्ता खिमलाल देवकोटाले नेपालमा समाजवादी मोडेलको बिकाशका लागी थप बहश बढाउन आग्रह गरेका छन् ।

संबिधान शंसोधन सम्बन्धि कार्यदलका सदस्य समेत रहेका देवकोटाले संबिधानको स्प्रिट अनुसार समाजबादी राज्यनिर्माणका लागी बहश अनिवार्य रहेकोमा जोड दिएका छन । ‘एक्काइशौ शताव्दीको समाजवाद र यसको स्वरुप’ बिषयमा गोरखापत्र मार्फत धारणा सार्वजनिक गर्दै उनले आग्रह गरेका हुन् ।

थालनीमा उनले भनेका छन ‘समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न नेपालको संविधान जारी भएको हो भन्ने कुरा संविधानको प्रस्तावनाले प्रष्ट पार्दछ । प्रस्तावना संविधानको आँखी झयाल हो भने संविधान मुलुकको राजनैतिक प्रणालीको ऐना हो । यस हिसावले अवको नेपालको राजनीतिक यात्रा समाजवाद हो भन्ने कुरा प्रष्ट छ तर २१औ शताव्दीको तेश्रो दशकमा प्रवेश गर्दै गर्दा कस्तो समाजवाद भन्ने वारेमा वहस हुनु विल्कुल अस्वभाविक हैन । त्यसैको सेरोफेरोमा नेपाली राजनीतिमा समाजवादको मोडेलका वारेमा चर्चा गर्न जरुरी छ । ’

संविधान निर्माणका वखत समाजवादका वारेमा वहस चल्दा कम्युनिष्टहरु माक्र्स ऐँगेल्सले परिकल्पना गरेको वैज्ञानिक समाजवादको पक्षमा र गैर कम्युनिष्टहरु माक्र्सले भन्ने गरेको समाजवाद वा वैज्ञानिक समाजवादको विपक्षमा वाडिएको सत्य पनि उनले बताएका छन । उनले भनेका छन ‘ लोकतान्त्रिक मुल्य मान्यतामा आधारित समाजवाद भन्ने शव्दावलीमा सहमत भए पछि नेपालको संविधानले भावी राजनीतिक मोडेलको छिनोफानो गरेको थियो । यसैका आधारमा नेपाली राज्यको चरित्र समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन्ने कुरालाई संविधानले नै स्वीकार गरेको अवस्था छ । संविधानले परिकल्पना गरेको मुल नीतिका आधारमा रहेर आफना आश्था र विश्वासका आधारमा राजनैतिक दलहरुले आफनो राज्यको मोडेल तयार गर्न जरुरी छ । ’

उनले माक्र्सवादी दृष्टि जोडदै भनेका छन् ‘समाज विकासको चरण आदिम साम्यवादवाट आरम्भ भै दास युग, सामन्ती युग, पुजिवादी युग, समाजवादी चरण हुदै साम्यवादमा विकास हुने हो । ऐतिहासिक तथा द्धन्दात्मक भौतिकवादी व्याख्याका आधारमा भन्ने हो भने समाज सामाजवाद हुदै साम्यवादमा प्रवेश गर्ने छ । स्वभाविक गतिमा हुने यो विकासको चरणलाई कम्युनिष्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्गको सचेत पहलमा यो लक्षलाई छिटो भन्दा छिटो भेटटाउनका लागि पहल गर्न जरुरी छ । साम्यवादको लक्ष वर्ग विहिन, राज्य विहिन समाजको सिर्जना हो । यस्तो समाज वुर्जुवा वर्ग (शासक वर्ग जसले उत्पादनका साधनमाथि कव्जा जमाएको छ ) माथि विजय प्राप्त गरेर उत्पादनका साधनमाथि मजदुर वर्गको नियन्त्रण कायम भएपछि स्थापना गर्न सकिन्छ भन्ने माक्र्सवादी मान्यता हो । ’

समाजवादी मोडेलको विकासको आधारका बारेमा उनले भनेका छन ‘ आजको समस्या साम्यवाद के हो र कहिले पुगिन्छ भन्ने हैन वरु सामन्तवादी युगको अन्त गरेर भर्खरै पुजिवादी युगमा प्रवेश गरेको नेपाली समाजले समाजवादको यात्रा निर्धारण गर्दा उक्त समाजवादी मोडेलको विकास कसरी गर्ने भन्ने हो । जसरी आदिम साम्यवाद वर्गविहिन समाज र द्धन्द विहिन समाज पनि हो त्यसै गरी साम्यवाद पनि सोही सरहको समाज हो तर दास युगमा दास र मालिक विचको द्धन्द भए झै सामन्ती युगमा भुमिपति र भुमिहिनहरुका विचको संघर्ष कायम रहन्छ । पुजिवादमा पुजिपति र सर्वहारा वर्गकै द्धन्द रहन्छ । त्यही समाज समाजवादी चरणमा भने राज्य संचालक र कामदारहरुका विचको संघर्षमा रुपान्तरण हुन्छ । यतिवेलाको नेपाली समाज सामन्ती अवशेष पनि केही वाकी रहेको तर पुजिको विकास भएका ठाउमा पुजिपति र कामदारहरुका विचको द्धन्द,केही ठाउमा राज्य संचालकहरु र कामदारहरुका विचको संघर्षमा फेरिईसेको असमान अवस्था हो । त्यसैले नेपाली समाजलाइ गोश्वारामा सामन्तवादी, पुजिवादी वा समाजवादी एकै स्तरमा वुझने गल्ति गर्न हुदैन । वरु सामन्तवादका अवशेषहरुलाई अन्त गर्दै पुजिवादमा डोहोराउदै सामाजवादमा प्रवेश गराउने तर्फ ध्यान केन्द्रित गर्न जरुरी छ । ’

संविधानमा समाजवादको चर्चालाइ उल्लेख गर्दै उनले भनेका छन ‘समाजवादी मोडेलको चर्चा गर्दा समानता भने भेटिदैन । समाजवादको यात्रा तय गरेका विश्वका संविधानहरुका आधारमा भन्ने हो भने संविधानमा समाजवाद लेख्ने देशहरुमा वंगलादेश, गुयना,भारत,नेपाल, निकारागुवा, पोर्चुगल, श्रीलंका, तान्जानिया पर्दछन् । तर यसका ठिक विपरित कम्युनिष्ट शासन पद्दतिलाई निन्दा गर्ने समाजवादी संविधानको चर्चा गर्ने हो भने क्रोसिया, हंगेरी पोल्याण्ड पर्दछन् जसले कम्युनिष्ट सत्ता फालेर समाजवादी सत्ताका रुपमा आफुलाई परिचित गराउदै आएकाछन् । यसै गरी कम्युनिष्ट समाजवादी मुलुकहरु भने चिन भियतनाम लाओस क्युवा उत्तर कोरिया लाई राख्ने गरेको पाईन्छ । वंगलादेशको संविधानमा शोषणभुक्त समाजवादी समाज, कानुनको शासन राजनैतिक आर्थिक सामाजिक माध्यमवाट प्राप्त गर्नु भन्ने उल्लेख गरेकोछ । यसै गरी गुयनाको संविधानमा सवै जनताकालागि सामाजिक आर्थिक न्याय सुनिश्चित गर्ने एक माध्यमका रुपमा स्वीकार गरिएको छ । भारतीय संविधानले सामाजवादी धर्मनिरपेक्ष राज्यका रुपमा अंगिकार गर्दै सामाजिक समानताको अर्थ जाति रंग वर्ण लिंग धर्म वा भाषाका आधारमा गरिने विभेदको अन्तको रुपमा आत्मसात गरेकोछ । श्रीलंका र भेनेजुयलाको संविधानले पनि समाजवादी गणतन्त्रका रुपमा संविधान मार्फत आत्मसात गरिएकोछ । ’

२१ औ शताव्दीका समाजवादी मोडेलको बिषयमा उनले भनेका छन ‘विसौ शताव्दीको समाजवाद गरिवी, शोषण ,वर्गिय, जातीय, लिंगीय दमन आर्थिक सामाजिक असमानता जस्ता समस्याहरु समाधान गर्न असफल रहेको सन्दर्भमा समानता न्याय र मानवताका आधारमा समाजका समस्याहरुको समाधान गर्दै मान्छेले मान्छेलाई गर्ने शोषणको अन्तको ग्यारेण्टी गर्ने समाजवाद २१ ऋौ शताव्दीको आवश्यकता हो । २१ ऋौ शताव्दीको समाजवादमा सामाजिक न्याय सहितको समानता, मानवाता र उत्पादनका साधन र शासनमा सहभागिताको ग्यारेण्टी गर्न जरुरी छ । परम्परागत यान्त्रिक समाजवाद वा जसको शक्ति उसको भक्तिमा आधारित वुर्जवा लोकतन्त्र दुवैको असफलताले २१ ऋौ शताव्दीको समाजवादको आवश्यकता वोध गरेको छ भन्ने कुरालाई आत्मसात गर्न जरुरी छ ।’ यसका साथै उनले चिनको उदाहरण समेत पेश गरेका छन । समाजवादको मोडेल विकास गर्ने दौरानमा चिनिया विशेषता सहितको समाजवाद भन्दै सवै प्रकृतिका काममा चिनिया कम्युनिष्ट पार्टीको नेतृत्व सुनिश्चित गर्ने कुरालाई प्राथमिकतामा राख्दै सार्वजनिक हितकालागि जनता केन्द्रित मान्यता अवलम्वन गर्ने,सुधारको व्यापकता र गहिराईमा निरन्तरता, नयाँ, खुला, हरित, संयोजित र साझेदारी विकास,जनता नै मुलुकका मालिक,कानुनी राज सहितको चिनिया शासन, चिनिया विशेषतासहितको माक्र्सवाद, कम्युनिजम समाजवादी मुल्यको अभ्यास,जनकल्याण र जनताको जिवनस्तरमा सुधारको धेय सहितको विकास,विश्व वातावरणीय सुरक्षा नीतिमा योगदान सहितको वतावरणीय संरक्षण,राष्ट्रिय सुरक्षाको मजवुतिकरण,चिनीया जनमुक्ति सेनामा चिनिया कम्युनिष्ट पार्टीको नेतृत्व, एक चिन नीतिको अनुसरण गर्दै हडकड र मकाउकालागि एक देश दुई प्रणालीको प्रवर्धन र ताईवानका हकमा १९९२ को सहमतिको अनुसरण, शान्तिपुर्ण अन्तराष्ट्रिय वातावरणकालागि चिनीया जनता र विश्वका जनतासंगको समान धेय स्थापित गर्ने र पार्टी अनुशासनमा सुधार सहितका विशेषतालाई चिनिया समाजवादलाई समेटेको धारणा राखेका छन ।

‘भेनेजुयलामा २१ औ शताव्दीको समाजवाद भन्दै समाजका सवै पहलुमा समान हिस्सेदारी, मानसिक तथा भौतिक श्रम र पुजिको प्रयोगवाट प्राप्त उत्पादनमा समानअधिकार, शिक्षा स्वास्थ्यमा समान पहुच संगै लोकतन्त्र, सहभागिता र नेतृत्वको निम्ति समान पहुच र अवसरको उपलव्धता, पुर्ण क्षमताको विकास र सहयोगका आधारमा सम्मानपुर्वक मानवीय मुल्यका साथ वाच्ने अवस्थाको सिर्जना गर्दै पुजिवादका विरुद्ध संघर्ष गर्न र समाजवादी यात्रालाई वर्करार कायम राख्न सिर्जना गरिने उपयुक्त अवस्थाका रुपमा व्याख्या गरिएको छ । ’ उनले भनाइ राखेका छन ।

उनले थप भनेका छन ‘ नेपालको समाजवादी मोडेलको आधारलाइ मुख्य बहश बनाउदै उनले भनेका छन । ‘संविधानको प्रस्तावनाका अतिरिक्त राज्यका निर्देशक सिद्धान्तमा आर्थिक लक्षका वारेमा उल्लेख गरेको छ ‘सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ’। नेकपाको राजनैतिक प्रतिवेदनले उल्लेख गरे वमोजिमूपार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद, रणनैतिक लक्ष समाजवाद,तत्कालिक कार्यक्रम जनताको जनवाद यो समाजवाद उन्मुख छ तात्कालिक कार्यदिशा, शान्तिपुर्ण, संवैधानिक र लोकतान्त्रिक वाटोवाट मुलुकको सामाजिक आर्थिक रुपान्तरण एवं राष्ट्रिय पुजिको विकास गर्दै सामाजिक न्याय र लोकतान्त्रिक मुल्यसहितको समाजवादको आधार निर्माण, तात्कालिक कार्यभार दलाल नोकरशाही पुजीवादी शोषण उत्पिडन र वाहय हस्तक्षेपको अन्त्य, राजनैतिक आर्थिक सामाजिक र सास्कृतिक क्षेत्रमा रहेका सामन्तवादका सवै अवशेषहरुको उन्मुलन र स्वाधिन राष्ट्रिय अर्थतन्त्रको आधारमा समृद्ध नेपालको निर्माण, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियताू समेतका आधारमा पार्टी एकता गरेको वताएको छ भने २१ महिनापछि आयोजना गरेको केन्द्रिय समितिको वैठकवाट पारित राजनैतिक प्रतिवेदनमा व्यक्त गरेको ‘लोकतान्त्रिक गणतन्त्र लगायत आन्दोलनका उपलव्धीहरुको रक्षा गर्ने, सामन्तवादका अवशेषहरुलाई उन्मुलन गर्ने, दलाल नोकरशाही पुजिवादलाई परास्त गर्ने, साम्राज्यवाद, प्रमुत्ववादको हस्तक्षेपवाट देशलाई जोगाउने, राष्ट्रियतालाई सुदृढ तुल्याउने, स्वतन्त्र र स्वाधिन अर्थतन्त्रको निर्माण गर्ने, तिव्र आर्थिक विकासद्धारा समृद्धि हासिल गर्ने, सामाजिक न्याय सुनिश्चित गर्ने, अनि समाजवादको आधार तयार गर्ने यही हो आजको हाम्रो उद्देश्य’ भन्ने उद्धरणले नेपाली मोडेलको समाजवादको खाका प्रस्तुत गर्न खोजेकोे उनले अथ्र्याएका छन ।

माक्र्सवादको रक्षा, प्रयोग र विकासका सन्र्दमा समयसापेक्ष वुझाईका आधारमा विश्वका समाजवादी मोडेलहरुको अध्ययन हुनुपर्ने बताउँदै उनले नेपाली राजनैतिक आन्दोलनका उपलव्धीहरुको आफनै अनुभव समेतका आधारमा वनेको संविधान र संविधान वमोजिम गठित सत्ताधारी पाटीको राजनैतिक प्रतिवेदन समेतले अंगिकार गरेका मान्यताहरुका आधारमा नेपाली समाजवादी मोडेलको विकास गर्न जरुरी भएको छ । साझा दस्तावेजको रुपमा प्राप्त संविधान अवको राजनीतिक घोषणापत्र हो यसैका आधारमा सामाजवादको मोडेल विकास गर्ने नेपाली राजनीतिको वाकी कार्यभार हुनेमा जोड दिएका छन ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…