back

ट्रष्टको जग्गा लिजमा दिने सम्बन्धमा मेरो कुनै संलग्नता छैनः सभापति देउवा

वि.सं.२०७६ फागुन १४ बुधवार

159 

shares
NTC AD
Global IME AD

१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिजमा दिने सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् । सरकारले मंगलबार श्वेतपत्र मार्फत नेपाल ट्रष्टको सम्पत्ति सार्वजनिक गर्दै शेरबहादुर देउवा प्रधानमन्त्री भएको बखत ताहाचलको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङ प्रालिलाई दिएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री देउवाले बुधबार एक विज्ञप्ती जारी गर्दै आफु प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको नभएको दाबी गरे । उनले आफ्नो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा आफ्नो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति गम्भीर आपत्ति रहेको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ ‘प्रथमतः ०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्थाका रुपमा ऐनले नै परिभाषित गरेको थियो, अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत छ ।’

देउवाले विज्ञप्तीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्न सरकारले यो प्रपञ्च रचेको पनि आफ्नो ठहर रहेको उल्लेख गरेका छन् ।

वि.सं.२०७६ फागुन १४ बुधवार १७:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै...

आजदेखि झुलाघाट नाका बन्द

आजदेखि झुलाघाट नाका बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द...