back

असिनाले हिउँदेबालीमा पुरायो ठूलो नोक्सान

वि.सं.२०७६ फागुन १८ आइतवार

210 

shares
NTC AD
Global IME AD

१८ फागुन, डोटी । जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पुराएको छ ।

पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले भने “ साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पा¥यो ।” सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति पु¥यायो भन्ने आँकलन नभएको जानकारी दिए ।

असिनाले पाकेर भित्र्याउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसान चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा ती खेतीको भरमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँखेतीमा क्षति पु¥याएपछि निरास भएको स्थानीय भरतबहादुर बोहराले बताए ।

उनले थपे “असिनाले किसानलाई निकै समस्या पायो । ” गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पु¥याएपछि निरास भएका छन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिका सहित अन्य स्थानमा असिनाले कहाँ के–कति क्षति पु¥याएको छ जानकारी लिने काम भइरहेको जानकारी दिए । रासस

वि.सं.२०७६ फागुन १८ आइतवार १०:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको...

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

टीकापुर (कैलाली) । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन...