back

झापामा वनस्पति प्रशोधन केन्द्र

वि.सं.२०७६ फागुन १९ सोमवार

210 

shares
NTC AD
Global IME AD

१९ फागुन, झापा । झापाको मेचीनगर नगरपालिका–८ स्थित राजकामतमा रु एक करोड ३२ लाखको लागतमा बनस्पति प्रशोधन केन्द्र बन्न शुरु भएको छ ।

महेन्द्रद्वार सहकारी संस्थाले आठ कट्ठा जग्गा खरिद गरेर प्रदेश नं। १ सरकारको रु ७५ लाख अनुदानमा बन्न लागेको सो प्रशोधन केन्द्रको शिलान्यास भइसकेको संस्थाका अध्यक्ष राजकुमार दाहालले बताए । उनका अनुसार जिल्लामै पहिलोपटक संस्थाले तेजपत्ता प्रवद्र्धन तथा औषधिजन्य वनस्पति प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन लागेको हो । संस्थाले रु ५७ लाख लगानी गरेर ट्रस्टको छानोसहित चार मेशिन, दुई टहरा र कार्यालयका लागि दुई वटा कोठा निर्माण गर्न लागेको छ ।

संस्थाका सञ्चालक समिति सदस्य तथा जडीबुटी प्रशोधन केन्द्र उपसमिति संयोजक कुन्दन निरौलाले चालु आर्थिक वर्षभित्रमै प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनका लागि तीव्रकार्य भइरहेको बताए।

यसैगरी बहुमूल्य नगदे बाली अलैंचीसम्बन्धी सबैखाले जानकारी सहज ढङ्गले उपलब्ध गराउन सक्ने गरी झापाको विर्तामोडमा अलैँची सूचना तथा अनुसन्धान केन्द्रको भवन निर्माण भइरहेको छ । अलैंची व्यवसायीकै आर्थिक सहयोगमा विर्तामोड–७ को हर्कलाल मार्गमा खरिद गरिएको दुई कट्ठा दुई धुर जग्गामा सो केन्द्र निर्माण भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका महासचिव सुभास भट्टराईले बताए ।

भवन निर्माणका लागि हालसम्म व्यवसायीबाटै आर्थिक सहयोग लिइएको बताउँदै उनले व्यवस्थित र प्रविधि सम्पन्न सूचना केन्द्र सञ्चालनका लागि कृषि मन्त्रालयले पनि चासो दिएको जानकारी दिए। मन्त्रालयले सो भवनलाई अलैँचीको अनुसन्धान केन्द्रका रुपमा विकास गर्नसमेत सुझाव दिएको र त्यसका लागि सहयोग गर्ने आश्वासन आफूहरुले पाएको महासचिव भट्टराईले बताए । सो भवनको लागत स्टिमेट रु दुई करोड रहेको छ । (रासस)

वि.सं.२०७६ फागुन १९ सोमवार ११:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री प्रचण्ड मोरङमा

प्रधानमन्त्री प्रचण्ड मोरङमा

सुन्दरहरैचा (मोरङ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ...

रौतामाईमा आगलागी हुँदा ५० लाखको क्षति

रौतामाईमा आगलागी हुँदा ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा...

झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु

झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु

बनियानी (झापा) । झापाको कनकाई र भद्रपुुरमा दुर्घटना हुँदा दुई...

डढेलोले खोटाङमा तेह्र घर खरानी

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१...

डढेलो निभाउने क्रममा वृद्धको मृत्यु

डढेलो निभाउने क्रममा वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर...

हत्या अभियोगमा फरार रहेका तामाङ १७ वर्षपछि पक्राउ

हत्या अभियोगमा फरार रहेका तामाङ १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि...