Sansar News- Nepal's Fast Khabar Online News Portal

कमरेडको नेपालपथ- बैठकमा नेताहरूलाई कठोर भाषाशैलीमा आलोचना गर्ने कुराको भरपूर उपयोग भयो

संसार न्यूज़
३ महिना पहिले
कमरेडको नेपालपथ-  बैठकमा नेताहरूलाई कठोर भाषाशैलीमा आलोचना गर्ने कुराको भरपूर उपयोग भयो

 निष्कर्षमा यो निर्वाचन प्रणालीले भ्रष्टाचार बढाउँछ, संस्कार र संस्कृति पनि भ्रष्ट बनाउँछ । अन्ततः लोकतन्त्रलाई पनि भ्रष्टीकरण गर्दै सिध्याउँछ । त्यसैले यो निर्वाचन प्रणाली फेर्नुको अर्काे कुनै विकल्प छैन भन्ने तर्फ पुगियो । तसर्थ खर्च घटाउने, इमान्दार कार्यकर्ताले पनि चुनाव लड्न सक्ने बनाउने, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाने वा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने भन्ने विकल्पमा छलफल भए । संविधान संशोधन गर्ने क्षमतासहितको सत्तारूढ पार्टीले यो अवसरलाई चुकाउन हुँदैन भन्ने साझा मत सबैको रह्यो ।

‘प्राविधिक हिसाबले दोस्रो भए पनि वास्तविकतामा पहिलो मानिएको हालै सम्पन्न केन्द्रीय समितिको बैठकको भाव सम्प्रेषण आजको हाम्रो मुख्य ध्येय हुनेछ’ बैठकको शुरुमै कामरेड राहुलले भने ।

‘सम्पन्न बैठक आफैँमा ऐतिहासिक रहेको, विधानको व्यवस्थाविपरित २१ महिनामा भएको, यसअघि निर्धारण गरिएकोमा अन्तिम घडीमा आएर पर सारिएको, केन्द्रीय सदस्यहरूमा आक्रोश रहेको र यसैपटक पनि हुन्छ नै भन्ने कुरामा कम आशावादी भएको अवस्था थियो ।’ केन्द्रीय सदस्य कामरेड रोहणले भने ।

‘बैठक बस्नु केहि मिनेट अघिसम्म पनि पहिलो दिन उद्घाटन हुने र केही दिनका लागि बैठक तयारीका लागि सर्नेछ वा यो स्तरको हुने छैन भन्ने धेरैको मनमा थियो । सरकार, सभामुख, संसद् र वैदेशिक मामिला त्यसमा पनि चर्चामा रहेको मिलेनियम च्यालेन्ज कर्पाेरेसनका बारेमा पार्टीले कस्तो नीति अवलम्बन गर्ने जस्ता तमाम प्रश्नहरूले जवाफ खोजिरहेका थिए । यस्तो अवस्थामा आयोजना भएको बैठक हुनाले यसको आकर्षण चाहि निकै थियो ।’ कामरेड बालकुमारले भने ।

वैचारिक बहसको आरम्भ कसरी र कस्तो भयो त कामरेड ? ‘यसपालि विचारको बहस केन्द्रमा बढि रह्यो । नयाँ संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवाद स्थापना गर्ने कुरा ग¥यो तर आजका मितिसम्म पार्टीले संविधानले दिशानिर्देश गरे बमोजिम आफ्नो कार्यक्रम विकास गरेको थिएन । देशभित्रबाट वैचारिक बहस गर्न रुचाउनेहरू अबको पार्टीको तात्कालिक कार्यक्रम के हुने भन्नेमा आफ्ना मत राख्दै पार्टीलाई डिक्टेट गरिरहेका हुन्थे भने देश बाहिरबाट बडो रुचिकासाथ सत्तारूढ भएकाले कम्युनिस्ट पार्टीको राजनीतिक प्रतिवेदन कसरी आउँछ भन्ने कुराको प्रतीक्षा पनि गरिरहेका थिए । यसै पृष्ठभूमिमा पार्टीले आफ्नो राजनीतिक दस्तावेजमार्फत ‘समाजवाद उन्मुख जनताको जनवाद’ भन्दै स्पष्ट गर्ने कोशिस गरेको छ ।’ कामरेड जमानले कुरो राखे ।

‘यसपटक मजबुत आन्तरिक लोकतन्त्रको अभ्यास भयो । खुला र स्पष्ट हुने कम्युनिस्टहरूको आधारभूत मान्यता भएका कारणले १५ समूहमा विभक्त भएर आफ्ना समूहहरूमा खुलस्त रूपमा मतहरू राख्ने, समूहबाट विषय प्रस्तोताको छनोट गरी फुलहाउसमा समूहको मत राख्ने र आफूलाई लागेका कम्युनिस्ट आन्दोलनका चिन्ताका बारेमा, आलोचक र क्रान्तिकारी बन्नैपर्ने मान्यताका आधारमा आलोचनात्मक चेतको प्रवाह गर्ने कुरा र नेताहरूलाई पनि कठोर भाषाशैलीमा आलोचना गर्ने कुराको भरपूर उपयोग बैठकमा भयो । पार्टीको संगठनात्मक चिन्ता, वैचारिक राजनीतिक चिन्ता र सरकासँगको सम्बन्धको चिन्ता पार्टी नेताहरूको जीवनशैली र पार्टीमा वर्ग उत्थानको समस्या, नेताहरूको सम्पत्ति छानबिनको मागसमेतका कुरा राख्दा हल प्रफुल्ल हुने र मञ्च भने नमिठो नमाने पनि सम्पत्ति छानबिनको जिम्मा अनुशासन आयोगलाई जिम्मा दिनेसम्मका काम भए ।’ कामरेड देवकोटाले धारणा राखे ।

‘बैठकको जल्दोबल्दो विषय एमसीसी थियो । यो पास गर्न हुन्छ र पास गर्न हुन्न वा परिमार्जनसहित पास गर्नुपर्छ भन्ने मुख्यतः तीन प्रकारका मत बैठकमा आएका थिए । स्थायी समितिको गर्मागर्मी बहस सुनेका र सञ्चार जगतमा बाक्लै छाएका कारणले यसैका बारेमा आमजनताको पनि चासो थियो । उता इन्डो प्यासिफिक र बीआरआईको प्रतिस्पर्धाका बीचमा परेको एमसीसीका बारेमा वैदेशिक क्षेत्रको चासो त नहुने कुरै भएन । करिब ३० वर्षअघिको महाकाली मामिलाले पार्टी विभाजन गरेको थियो, अहिले पनि यो मामला त्यो भन्दा कम छैन भन्ने सन्देशहरू बैठक वरपर प्रसारित भइरहेका थिए । समूह छलफलका आधारमा नेतृत्वले यो मामिलालाई एक कार्यदल बनाउने र कार्यदलको सिफारिसका आधारमा पार्टीले टुङ्गो गर्ने भन्ने निर्णयका साथ हलको मनोविज्ञानकै आधारमा निर्णय गर्न सफल भयो ।’ कामरेड दिपाले कुरो राखिन ।

‘बैठकको अर्काे चासोको विषय थियो निर्वाचन प्रणाली । यो निर्वाचन अत्यन्त महँगो भयो । कुनै पनि चुनाव लड्नका लागि करोडौँ रकम खर्च गर्नुपर्ने, करौडाँ रकम खर्च गर्न ठेकेदार वा तस्करको सहारा लिनुपर्ने, जितेपछि उसैको स्वार्थमा काम गर्नुपर्ने अनि देशको र प्रधानमन्त्रीको वाणीको परिपालना हैन उपहास हुने अवस्थाको अन्त्य कसरी गर्ने भन्नेबारेमा चर्चा भयो । निष्कर्षमा यो निर्वाचन प्रणालीले भ्रष्टाचार बढाउँछ, संस्कार र संस्कृति पनि भ्रष्ट बनाउँछ । अन्ततः लोकतन्त्रलाई पनि भ्रष्टीकरण गर्दै सिध्याउँछ । त्यसैले यो निर्वाचन प्रणाली फेर्नुको अर्काे कुनै विकल्प छैन भन्ने तर्फ पुगियो । तसर्थ खर्च घटाउने, इमान्दार कार्यकर्ताले पनि चुनाव लड्न सक्ने बनाउने, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाने वा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने भन्ने विकल्पमा छलफल भए । संविधान संशोधन गर्ने क्षमतासहितको सत्तारूढ पार्टीले यो अवसरलाई चुकाउन हुँदैन भन्ने साझा मत सबैको रह्यो ।’ कामरेड खिमलालले शंस्लेषण गरे ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…