Sansar News- Nepal's Fast Khabar Online News Portal

कोरोनाले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव बारे अध्ययन गर्न ‘एक्सन टिम’ बनाइने

संसार न्यूज़
४ महिना पहिले
कोरोनाले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव बारे अध्ययन गर्न ‘एक्सन टिम’ बनाइने

२१ फागुन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाभाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा ‘एक्सन टिम’ बनाउन निर्देशन दिएका छन् ।

कोरोनाभाइरसले पर्यटन उद्योगमा पार्नसक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायसँग आज मन्त्रालयमा गरिएको छलफलमा मन्त्री भट्टराईले उक्त निर्देशन दिएका हुन् । उनले कुनै नीतिगत निर्णय गर्नुपरे मन्त्रालयमा लेखी पठाउनसमेत निर्देशन दिँदै आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टिम बनाइने बताए ।

उनले पर्यटन क्षेत्रसँग आबद्ध सबै सङ्घसंस्था तथा विज्ञलाई कोरोना भाइरसले पार्नसक्ने प्रभाव र सरकारकोतर्फबाट चाल्नुपर्ने कदमबारे तीनदिनभित्र सुझाव दिन पनि आग्रह गरे ।

साथै विमानस्थलमा यसबारे सजगता बढाइएको जानकारी गराउँदै उनले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाहेक पर्यटकको धेरै आवतजावत हुने काठमाडौँ बाहिरका विमानस्थलमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ‘हेल्थ डेस्क’ राख्ने प्रक्रिया पनि अघि बढाइएको बताए ।

अभिभावकका रुपमा राज्यभएकाले अहिले धेरै नआत्तिइ आफ्ना व्यवसाय सञ्चालन गर्न पनि उनले पर्यटन व्यवसायीसँग आग्रह गरे । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोरोनाभाइरसको अहिलेसम्मको अवस्थाबारे जानकारी गराए ।

प्राधिकरणका महानिर्देशक राजनपोखरेल, बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी, वायुसेवा सञ्चालक सङ्घ, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा), होटल एशोसिएसन अफ नेपाल (हान)लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिले पर्यटन उद्योगमा परेको असरबारे जानकारी गराउँदै राज्यले यो उद्योगलाई बचाइराख्न बंैकको व्याजदरलगायतका विभिन्न विषयमा सहुलियत दिनुपर्ने उनीहरुको माग थियो ।

उनले गण्डकी प्रदेशमा एक जनामा शङ्का लागे पनि तह गत परीक्षणबाट नेगेटिभ देखिएको बताए । हाल पोखरा विमानस्थल र मुस्ताङमा विशेष हेल्थ डेस्क राखेर निगरानी बढाइएको र प्रदेशका सबै जिल्लामा स्वास्थ्य सचेतनाका लागि कार्यक्रम भइरहेको उनले जानकारी दिए । उनले भने “पोखरा विमानस्थलमा पर्यटकको ज्वरो नाप्ने र स्वास्थ्य अवस्था बुझ्ने काम नियमित भइरहेको छ ।” हेल्थ डेस्क पोखरामा दुई र मुस्ताङमा एक जनालाई खटाइएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…