Sansar News- Nepal's Fast Khabar Online News Portal

आँचलका प्रेमीलाई हाईटले धोका दिँदा भयो यस्तो समस्या, हेर्नहोस् भिडियोमा

संसार न्यूज़
४ हप्ता पहिले
आँचलका प्रेमीलाई हाईटले धोका दिँदा भयो यस्तो समस्या, हेर्नहोस् भिडियोमा

काठमाडौँ । भिम बिष्ट र रिकेश गुरुङको संयोजन संगीत र नवराज कलौनीको शब्द रहेको ‘धोका दियो हाइटले’ बोलको गीत सार्वजनिक भएको छ ।

टेक बहादुर शाह ‘टेकेन्द्र’ को निर्देशनमा बनेको उक्त गीत इनाक्षी इन्टरटेन्टमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । शुक्रबार मात्र सार्वजनिक भएको यस गीतको भिडियो यतिबेला युट्युबमा ४२ नम्बर ट्रेण्डिङ्गमा रहेको छ । डान्सिङ फ्लेवरको यस गीतको भिडियोमा आँचल शर्मा र जिवेश गुरुङको अलावा बुद्धी तामा, भिम बिष्ट, एलिना चौहान र सर्मिला शर्मा फिचर्ड छन् । गीतमा हाइटले धोका दिँदा भोग्नु परेको समस्यालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

जुनको साथी तारा, रेवन चस्मा, सिम्पल डिम्पल लगायत थुप्रै गीत गायका गीतकार तथा संगीतकार भिम बिष्टका यो भन्दा अगाडिका सबै गीतहरु हिट भएका छन् । निर्देशक टेकेन्द्र शाहको सम्पादन, बिक्रम स्वारको कोरियोग्राफी र राम कुमार केसीको छायांकन रहेको उक्त गीत निकै सुमधुर र भिडियो उत्तीकै उत्कृष्ट बनेको छ । ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…