back

बास्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा देव गुरुङ पक्राउ

वि.सं.२०७६ फागुन २८ बुधवार

165 

shares
NTC AD
Global IME AD

२८ फागुन, काठमाण्डौं । बम विस्फोट गराएको आरोपमा विप्लव समूहका नेता देव गुरुङ पक्राउ परेका छन् ।

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट गराएको आरोपमा नेत्र विक्रम चन्द विप्लव समूहका भक्तपुरका नेता देव गुरुङलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनी भक्तपुरबाटै पक्राउ परेका हुन् । उनलाई प्रहरी परिसर टेकुको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको श्रोतले बताएको छ ।

बम विस्फोटमा संलग्नहरुको पहिचान भइसकेको भन्दै प्रहरीले उनीहरुको खोजी तिब्र पारेको छ ।

बुधबार बिहान भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको निर्माणधिन घरमा रिमोट कन्ट्रोलबाट प्रेसरकुकर बम विस्फोट गराइएको थियो ।

उक्त विस्फोटमा बास्कोटाको घरमा क्षति पुग्नुका साथै उनका छिमेकीको घरको सिसा तथा रोकिराखेको भ्यानमा समेत क्षतिपुगेको थियो ।
उक्त विस्फोटको जिम्मा नेत्र विक्रम चन्द विप्लव समूहले लिँदै बास्कोटालाई यसकारण कारबाही गरिएको भन्दै १० बुँदे पर्चासमेत निकालेको थियो ।

बास्कोटाको घरमा आतंककारीले बम विस्फोट गराएको भन्दै अध्यक्ष प्रचण्डले जनाए यस्तो आपत्ति

वि.सं.२०७६ फागुन २८ बुधवार १२:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट...

सुहाङलाई जिताउन मतदाता समक्ष अध्यक्ष ओलीको अपिल

सुहाङलाई जिताउन मतदाता समक्ष अध्यक्ष ओलीको अपिल

मङ्लगबारे (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी...

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा...

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी...