Sansar News- Nepal's Fast Khabar Online News Portal

अढाई वर्षीय बालक साउदलाई शहिद घोषणा गर्न माग

संसार न्यूज़
४ वर्ष पहिले

२३ साउन,धनगढी  । अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन परिचालन समितिले टीकापुर घटनामा ज्यान गुमाएका अढाई वर्षीय बालक टेकबहादुर साउदलाई सहिद घोषणा गर्न माग गरेको छ ।

आन्दोलन परिचालन समितिद्वारा आज कैलाली जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पेस गरिएको ज्ञापनपत्रमा टीकापुर घटनामा ज्यान गुमाएका सबै प्रहरीका परिवारलाई रोजगारी दिनुपर्ने मागसमेत गरिएको छ ।समितिका संयोजक गोपाल देउवासहितका पदाधिकारीले पेस गरेको ज्ञापनमा हिंसात्मक उक्त घटनाका दोषीलाई उन्मुक्ति नदिनसमेत माग गरिएको छ ।

सरकारले मधेस आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय गरेपछि समितिले यस्तो माग गरेको हो ।

गत वर्ष भदौ ७ गते भएको टीकापुर घटनामा परी एक वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । रासस

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…