Sansar News- Nepal's Fast Khabar Online News Portal

फोहरबाट ऊर्जा उत्पादन गर्दै नगरपालिका

संसार न्यूज़
४ हप्ता पहिले

२९ फागुन, सुर्खेत । कर्णाली प्रदेशमै पहिलोपटक वीरेन्द्रनगर नगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी थालेको छ । यसका लागि नगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केपी व्यावसायिक सेवा प्रालिबीच त्रिपक्षीय सम्झौता भएको छ ।

कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी प्रशोधित बायोग्यास तथा नौ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादित ग्यासलाई पाइपलाइनमार्फत वितरण गरिनेछ । यसबाट वीरेन्द्रनगरका करिब १३०० घरधुरी लाभान्वित हुनेछन् ।

विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको छ । नगर प्रमुख देवकुमार सुवेदीले जग्गासहित अन्य आधारभूत पूर्वाधारको व्यवस्थापन भइसकेकाले एक वर्षभित्रै परियोजना सम्पन्न हुने बताए ।

“फोहरको वर्गीकरण गरेर एकै ठाउँबाट बायोग्यास र जैविक मल उत्पादन गरिनेछ, वीरेन्द्रनगर–११ सिमलकुनामा सञ्चालित गौशालाबाट बायोग्यास उत्पादन हुनेछ”, उनले भने । परियोजना निर्माणबाट कर्णालीलाई अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्यमा समेत सहयोग पुग्ने बताइएको छ ।

नगरपालिकाका अनुसार विश्व बैंकसमेतको सहयोगमा सो केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमअन्तर्गत कार्यान्वयन हुने परियोजनाको कूल लागतको ४० प्रतिशत अनुदान केन्द्रले प्रदान गर्नेछ ।

बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ता कम्पनीले जुटाउनुपर्नेछ । डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने यो परियोजना २० वर्ष अवधिको हुनेछ ।

सम्झौतामा परियोजना निर्माणकर्ताले २० वर्षसम्मको सफल सञ्चालनपश्चात् उक्त परियोजना नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ । परियोजना सञ्चालन गर्न रु १४ करोड १५ लाख ६२ हजार लागत लाग्ने अनुमान गरिएको छ ।

कच्चा पदार्थको रूपमा नगरपालिकाबाट सङ्कलन हुने कुहिने फोहर, छाडा पशु व्यवस्थापनबाट सङ्कलन हुने गोबर तथा अन्य व्यावसायिक प्रतिष्ठानबाट उत्पादन हुने जैविक फोहरसमेत उपयोग गरिनेछ ।

परियोजनाबाट नगर सफा राख्न सघाउ पु¥याउनुका साथै छाडा चौपाया व्यवस्थापन, पशु बधशालाबाट उत्पन्न हुने फोहर व्यवस्थापनमा समेत मद्दत पुग्ने नगरपालिकाको अपेक्षा छ ।

परियोजना निर्माणकर्ता कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद ढकालले बायोग्यास र जैविक मलको उत्पादन गरी व्यावसायिक रूपमा बिक्री गर्न सकिने सम्भाव्यता देखेर परियोजनामा लगानी गर्न तयार रहेको जानकारी दिए ।रासस

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…