Sansar News- Nepal's Fast Khabar Online News Portal

शान्ति मिसनमा गएका एक नेपाली सैनिकको मृत्यु

संसार न्यूज़
३ हप्ता पहिले
शान्ति मिसनमा गएका एक नेपाली सैनिकको मृत्यु

२९ फागुन, काठमाण्डौं । संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत लेबनानमा कार्यरत एक नेपाली सैनिकको मृत्यु भएको छ ।

दक्षिण लेबनानको मेस एव जेबेलस्थित नेपाली क्याम्पमा समान बोक्ने क्रममा धादिङ मुलपानीका अमलदार नरबहादुर मगरको मृत्यु भएको हो । मगरको चोट लागेर उनको मृत्यु भएको लेबनानस्थित युनिफिललेले मंगलबार प्रेसविज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

उनको मृत्युको बारेमा थप अनुसन्धान भइरहेको समेत उक्त विज्ञप्तिमा जनाइएको छ । ती सैनिक एकवर्षका लागि चारमहिना अघि मात्र लेबनान गएको पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।

युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ६ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ७ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…