Sansar News- Nepal's Fast Khabar Online News Portal

कोरियामा साहुहरुको रुवाबासी

संसार न्यूज़
३ महिना पहिले
कोरियामा साहुहरुको रुवाबासी

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश फर्कन थालेपछि कोरियामा कामदारको अभाव हुन थालेको कोरियाबाट उदय राई बताउँछन् ।

प्रवासी मजदुरहरुको हक अधिकारका लागि नियमित संघर्ष गर्दै आएको प्रवासी मदजुर युनिएनका अध्यक्षसमेत रहेका राईका अनुसार कृषि मत्स्यपालन क्षेत्र, साना कम्पनिमा श्रमिकको अभाबले काम ठप्प हुने स्थिति आएको छ । साहुहरुको रुवाबासी सुरु भएको छ । श्रमिक पाउन ज्यादै गार्हो भएको साहुहरुको दुखेसो रहेको छ । गत महिनाको अन्तिम हप्तामात्रै पनि बिना भिषावाला ५ हजार कामदार स्वदेश र्फकिएको उनी बताउँछन् ।

त्यसको कारण कृषि मत्स्यपालन तथा साना कम्पनीमा श्रमिकको अभबले काममा बाधा पुगेर साहुहरू पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् । प्रवासी श्रमिकलाई हेप्ने प्रवृत्ति कोरिया सरकार तथा मालिकले आफूलाई सुधार्नु पर्ने र उचित नियम कानुन बनाएर भिषा नभएकोहरुलाई भिषा दिनु पर्नेमा उनको सुझाव छ । उनी भन्छन् ‘प्रवासी श्रमिक बिना तिमीहरुको हातमुख जोडिन भन्ने कुरा नबिर्स ।’

उनले लेखेका छन् :

“कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश प्रस्थान . कृषि मत्स्यपालन क्षेत्र ,साना कम्पनिमा श्रमिकको अभाबले काम ठप्प हुने स्थिति . साहुहरुको रुवाबासी ..( साहु, सरकार तिमीहरु प्रवासी श्रमिकलाई नहेप,भेदभाब नगर शोषण नगर .उचित नियम कानुन बनाऊ भिषा नभएकोलाई यहि भिष देउ .. प्रवासी श्रमिक बिना तिमीहरुको हातमुख जोडिन्न भन्ने कुरा राम्ररी बुझ अनि बुझेर पनि बुजनापचाउ )

कोरियामा कोरोना भाइरसको संक्रमणको त्रासले स्वदेश प्रस्थान गर्ने प्रवासी श्रमिकको संख्यामा वृद्धि भएको छ . गत महिनाको अन्तिम हप्तामा मात्रै ५ (बिना भिषाको ) हजार गएको छन् . त्यसको कारण कृषि मत्स्यपालन तथा साना कम्पनीमा श्रमिकको अभबले काममा बाधा पुगेर साहुहरू पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् . श्रमिक पाउन ज्यादै गार्हो भएको साहुहरुको दुखेसो .सरकारी निकायको अनुसार गत बर्ष कृषि तथा मत्स्यपालन क्षेत्रमा काम गर्ने प्रवासी श्रमिकको सख्या ४४ हजार थियो .यो सख्या कृषि तथा मत्स्यपालन क्षेत्रको जनसख्याको (१२,१७०००)३.६% हो तर यो बर्ष गत बर्षको भन्दा २ लाख ३ लाख बढी दिन्छु भने पनि प्रवासी श्रमिक पाउन सकिएको छैन .(साले साहु, सरकार हो प्रवासी श्रमिकलाई नहेप,भेदभाब नगर प्रवासी श्रमिक बिना तिमीहरुको हातमुख जोडिन भन्ने कुरा नबिर्स )”

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…