Sansar News- Nepal's Fast Khabar Online News Portal

रमेश खरेलको नेतृत्वमा भ्रष्टाचारविरोधी अभियानको शुभारम्भ, तीन करोड जनतालाई आन्दोलनमा उतार्ने चेतावनी

संसार न्यूज़
२ महिना पहिले
रमेश खरेलको नेतृत्वमा भ्रष्टाचारविरोधी अभियानको शुभारम्भ, तीन करोड जनतालाई आन्दोलनमा उतार्ने चेतावनी

२९ फागुन, काठमाडौं । नेपाल प्रहरीका भुतपूर्व डीआईजी रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ को शुभारम्भ गरिएको छ । बिहीबार अभियानको शुभारम्भ गर्दै देशमा भ्रष्टाचारजन्य विकृति र विसंगति निरन्तर बढिरहेकाले आफूहरुले वाध्य भएर अभियान सञ्चालन गर्नुपरेको वक्ताहरुले बताए ।

कार्यक्रममा बोल्दै खरेलले भ्रष्टाचारको विरोधमा तीन करोड जनतालाई शान्तिपूर्ण आन्दोलनमा उतार्ने चेतावनी दिए । भ्रष्टाचार र बेथिती पराकाष्टामा पुगेकाले अभियान सञ्चालन गर्नुपर्ने वाध्यता परेको खरेलको भनाइ थियो ।

‘देशमा सुशासन भएको भए, जनताले राम्रो सेवा–सुविधा पाएको भए, हामी यसरी आउनुपर्ने नै थिएन,’ उनले भने, ‘तर, अति नै भो क्या । यो काण्ड, त्यो काण्ड।।फेरि अर्को काण्ड । अवकाशप्राप्त जीवनमा पनि हामी मौन भएर बसिरहन सकेनौं ।’ जनतालाई न्याय र सुशासन दिन्छु भन्ने नेतृत्वले धोका दिएको खरेलले बताए । पारदर्शिता र इमान्दारिताका साथ आफूले अभियानलाई अघि बढाउने उनको भनाइ छ ।

अभियानले भ्रष्टाचारमुक्त राष्ट्र निर्माण, राष्ट्रियताको संरक्षण र प्रवर्द्धन, राजनैतिक शुद्धिकरणलगायत विभिन्न ८ वटा लक्ष्य निर्धारण गरेको छ । यी लक्ष्यहरुको पूर्तिका लागि ७ वटा कार्यक्रम र गतिविधिको घोषणा गरिएको छ ।

अभियानको अवधारणापत्रअनुसार सबैभन्दा पहिले भ्रष्टाचार अन्त्यका लागि देशब्यापीरुपमा नागरिक खबरदारी कार्यक्रमहरु गरिनेछ । ती कार्यक्रममा भ्रष्टाचारी संस्कारको विरोध गर्ने मात्र नभएर भ्रष्टाचारीको पहिचान गरी उनीहरुको सम्पत्तिको सूचना संकलन गर्ने र कारवाहीको लागि दवाव दिने अवधारणापत्रमा उल्लेख छ ।

अभियान सञ्चालनका लागि पाँच जनाको केन्द्रीय तदर्थ कार्यकारी परिषद निर्माण गरिएको छ । खरेलको संयोजकत्वमा रहेको परिषदमा देवेन्द्र प्रसाद सिटौला, डा नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेका छन् ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…