Sansar News- Nepal's Fast Khabar Online News Portal

कोरोना संक्रमित ८ देशबाट ३४ हजार पर्यटक नेपाल आए

संसार न्यूज़
४ हप्ता पहिले
कोरोना संक्रमित ८ देशबाट ३४ हजार पर्यटक नेपाल आए

३० फागुन, काठमाडौं । अध्यागमन विभागले कोरोना भाइरस संक्रमणलाई आधार मान्दै अन अराइभल भिसामा रोक लगाएका आठ देशबाट ३४ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । सन् २०२०को पहिलो दुई महिनामा ती मुलुकबाट हवाई मार्ग हुँदै ३४ हजार चार सय ४५ पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको अभिलेखले देखाउँछ।

मार्च ६ देखि चीन, जापान, दक्षिण कोरिया, इरान र स्पेनका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको सरकारले गतसोमबारदेखि फ्रान्स र जर्मनीलाई समेत उक्त सूचीमा राखेको छ । कोरोना भाइरसको संक्रमण गत डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलोपटक देखिएको हो । जनवरी र फेब्रुअरीमा चीनबाट १५ हजार चार सय ५४ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । अर्को संक्रमित मुलुक जापानबाट चार हजार पाँच सय ३४, दक्षिण कोरियाबाट पाँच हजार एक सय ५७, इटालीबाट १२ सय ६९, इरानबाट दुई सय २१, फ्रान्सबाट दुई हजार नौ सय ३१, जर्मनीबाट तीन हजार सात सय ३४ र स्पेनबाट ११ सय ४५ पर्यटक नेपाल भित्रिएको सरकारी तथ्यांकले देखाउँछ।

कोरोना संक्रमण रोक्न छिमेकी मुलुक भारतले कुनै पनि मुलुकका नागरिकलाई १५ अप्रिलसम्मभिसा नदिने निर्णय गरेको छ।

नेपाल आउने पर्यटकले भने थर्मल स्क्यानर (सामान्य ज्वरो तथा रुधा–खोकी जाँच)को आधारमा खुलेआम प्रवेश पाइरहेका हुन्। सरकारले गत फागुन ४ गते चीनबाट नेपाल ल्याइएका एक सय ७५ नेपालीसहित उनीहरुलाई लिन चीन गएको नेपाल वायुसेवा निगमका जहाजका कर्मचारीलाई १४ दिन क्वारेन्टाइनमा राख्यो। तर संक्रमित मुलुकबाट आउने अन्य हवाई यात्रुलाई भने आइसोलेसन वा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छैन । डब्लुएचओका अनुसार केही देशमा १४ दिन क्वारेन्टाइनमा बसेकामा समेत कोरोनासंक्रमण देखिएकोे पुष्टि भएको छ।

हाल भाइरस संक्रमण फैलिएका देशसँग हवाई सम्पर्क कायमै रहेकाले सर्वसाधारणमा भाइरसभित्रिने त्रास कायमै छ। सरकारी अधिकारी भने आवागमन बन्द गरेर समस्या समाधान नहुने बताउँदै विमानस्थलमा उच्च सतर्कता बढाएको र प्रभावित देशबाट आएका यात्रुमाथिको निगरानी विशेष बनाएको तर्क गर्छन् ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…